प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्या प्रकरणका दोषीलाई आजीवन कारावास
नयाँ दिल्ली । पश्चिम बंगालको राजधानी कोलकाताको गएको वर्ष अगष्ट महिनामा एक अस्पतालमा प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्या प्रकरणका दोषीलाई आजीवन कारावासको सजाय सुनाइएको छ । सोमबार कोलकाताको सियालदह अदालतले आरजी कार अस्पतालकी प्रशिक्षार्थी महिला डाक्टरको बलात्कार र हत्याको मुद्दामा दोषी संजय रोयलाई आजीवन कारावासको सजाय सुनाएको हो ।
सीबीआईले यस मामिलालाई दुर्लभ घटना भन्दै दोषीलाई फाँसी दिनुपर्ने माग गरेको थियो । दोषीलाई अधिकतम सजाय दिनुपर्ने उनीहरूको तर्क थियो । आफ्नो फैसला पढ्दै गर्दा न्यायाधीशले यो दुर्लभमध्ये दुर्लभ घटना नभएको भन्दै दोषी रोयलाई आजीवन कारावासको सजाय सुनाएका थिए ।
अदालतमा दोषी ठहर भइसकेका रोयले फेरि पनि न्यायाधीश समक्ष बिन्ती गर्दै आफूलाई निर्दोष बताएका थिए । उनकी आमाले पनि अदालतमा दयाको याचना गरेकी थिइन् । दुवै पक्षको बहस सुनेपछि न्यायाधीशले दिउँसो २ः४५ बजेसम्मको लागि आफ्नो निर्णय सुरक्षित राखेका थिए । दोषी प्रमाणित भइसकेकोले रोयलाई अधिकतम सजायमा मृत्युदण्ड वा आजीवन कारावास के दिने भन्नेबारे मात्रै फैसला सुनाउन बाँकी थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण