१६ रनमै समेटिएको सामोआ दक्षिण अफ्रिकासँग १० विकेट हार्यो

काठमाडौँ । मलेसियामा जारी आईसीसी महिला यू–१९ टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा सोमबार दक्षिण अफ्रिकाले सामोआलाई १० विकेटको फराकिलो अन्तरले हराएको छ ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको सामोआले ९.१ ओभरमै अलआउट हुनुअघि १६ रनमात्र बनाउन सकेको थियो । जारी यू–१९ महिला विश्वकपमा कुनै पनि टोलीले बनाएको यो नै सबैभन्दा कम स्कोर हो ।
सामोआका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । सामोआको टोलीले अतिरिक्त रूपमा मात्र ६ रन पाएको थियो । बाँकी १० रनमात्र सामोआका ब्याटरहरुले बनाएका हुन् । कप्तान एभेतिया मापु र स्टेल्ला सागालालाले तीन–तीन रन बनाए ।
दक्षिण अफ्रिकाका बलर एनथाबिसेङ निनीले तीन तथा फे काउलिङ, कायला रेयनेक र सेसिन नाइडुले दुई–दुई विकेट लिए । जवाफी ब्याटिङमा ओर्लिएको दक्षिण अफ्रिकाले १.४ ओभरमै विजयलक्ष्य पुरा गर्यो । जारी विश्वकपमा यो कुनै पनि टोलीले सबैभन्दा कम ओभरमा पुरा गरेको विजयलक्ष्य हो ।
दक्षिण अफ्रिकाका लागि ओपनर सिमोन लाउरेन्स र जेमा बोथाले अविजित रहँदै ६–६ रन बनाए । दक्षिण अफ्रिकाले अतिरिक्त रूपमा पाँच रन पायो । समूह ‘सी’ मा सबै टोलीले दुई–दुई खेल खेलिसकेका छन् । चार अंकसहित दक्षिण अफ्रिका पहिलो, तीन अंकसहित नाइजेरिया दोस्रो र एक अंकसहित सामोआ तेस्रो स्थानमा छन् । चौथो स्थानमा आसिन न्युजिल्यान्डले भने अंक बटुल्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माध्यामिक तहमा स्वास्थ्य विषयलाई अनिवार्य बनाउन माग
-
काठमाडौँसहित देशका विभिन्न क्षेत्रमा हावाहुरी र वर्षा
-
शान्तिका लागि तयार नभएसम्म राष्ट्रपति पुटिनमाथि दबाब बढाइन्छ : युरोपेली सङ्घ प्रमुख
-
आईसीसी विश्वकप लिग २ शृंखला : एकदिवसीय अभ्यास खेलमा नेपालको जित
-
चितुवाको आक्रमणबाट मृत्यु भएका १४ परिवारलाई १ करोड बढी क्षतिपूर्ति
-
प्रधानमन्त्री ओलीद्वारा सगरमाथा संवादका अतिथिको सम्मानमा रात्रिभोज