नयाँ दिल्लीमा नाडा, एयसडीसी र एसीएमएबिच ४ बुँदे सम्झौता
नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपाल (नाडा) अटोमोटिभ स्किल डेवलपमेण्ट काउन्सिल (एयसडीसी), र अटोमोटिभ कम्पोनेन्ट म्यानुफयाक्चर्स एसोसिएसन (एसीएमए) बिच त्रिपक्षीय चार बुँदे सम्झौता भएको छ ।
आइतबार भएको उक्त सम्झौतामा नाडाकातर्फबाट अध्यक्ष करण चौधरी, एयसडिसीकातर्फबाट प्रमुख कार्यकारी अधिकृत अरिमदम लाहिरी र एसीएमएकोतर्फबाट महानिर्देशक भिनी मेहताले हस्ताक्षर गरेका हुन्।
यही जनवरी १७ देखि २१ सम्म भारतको नयाँ दिल्लीमा आयोजना भइरहेको भारत मोबिलिटी अन्तर्गत भइरहेको अटो प्रदर्शनीको सन्दर्भमा नाडाका अध्यक्ष चौधरीको नेतृत्वमा नाडा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको प्रतिनिधिमण्डल भारत भ्रमणमा रहेको छ ।
यो ऐतिहासिक त्रिपक्षीय सम्झौता नेपाल र भारतबिचमा नेपालको अटोमोबाइल क्षेत्रको सीप विकासको लागि कोशेढुङ्गा साबित हुने विश्वास नाडाले लिएको छ ।
यस्ता छन् सम्झौताका बुँदाहरू :
१. यस सम्झौताले एएसडीसी, नाडा र एसीएमएबीच सहकार्यात्मक साझेदारीको खाका तय गरेको छ जसले नेपालको अटोमोटिभ म्यानुफ्याक्चरिङ र डिलरशीप क्षेत्रमा सीप विकासलाई बढवा दिन नेपालको अटोमोबाइल क्षेत्रमा संलग्न प्रशिक्षकहरू, मूल्याङ्कनकर्ताहरू र नाडा व्यवसायीहरूलाई तालिम कार्यक्रमहरू सञ्चालन गर्नेछ ।
२. अटोमोटिभ उद्योग, जसले यसको व्यापक अगाडि र पछाडिको लिंकेजको कारण, प्रत्यक्ष र अप्रत्यक्ष रोजगारको एक महत्त्वपूर्ण जेनरेटरको रूपमा कार्य गर्दछ, यसको विकासलाई टेवा पुर्याउन, गुणस्तर र तालिम क्षमताहरूको दूरीलाई सम्बोधन र यसको वृद्धिका लागि गुणस्तरीय तालिम क्षमताहरू उपलब्ध गराउने छ ।
३. तीनै पक्षहरूले नेपालको अटोमोटिभ क्षेत्रको मागहरू पूरा गर्न तालिमका लागि पूर्वाधारलाई सुदृढ गर्न सीप विकाशका तालिमकर्ताहरू र मूल्यांकनकर्ताहरूको विकास गरिनेछ । र
४. भारतको अटोमोटिभ क्षेत्रको लागि सीप विकास परिषद्को रूपमा, पाठ्यक्रम विकास, तालिम डेलिभरी, र मूल्याङ्कन मेकानिजममा विशेषज्ञता हासिल गरेको एएसडीसीले एसीएमएसँग मिलेर नेपाली अटोमोटिभ क्षेत्रलाई फाइदा पुर्याउने कार्य गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण