सोमबार, २२ वैशाख २०८२
ताजा लोकप्रिय

पन्त बने लखनउ सुपर जाइन्ट्सको नयाँ कप्तान

सोमबार, ०७ माघ २०८१, १७ : २०
सोमबार, ०७ माघ २०८१

लखनउ । ऋषभ पन्त लखनउ सुपर जाइन्ट्स (एलएसजी) को नयाँ कप्तान बनेका छन्। यससँगै उनले अब केएल राहुलको स्थान लिनेछन् । 

पन्त यसअघि दिल्ली क्यापिटल्सका कप्तान रहिसकेका छन् । मेगा अक्सनपछि पन्तलाई लखनउको कप्तान बनाउने चर्चा चलेको थियो । फ्रेन्चाइजीले पन्तलाई नोभेम्बर–२०२४ मेगा अक्सनमा २७ करोड भारतीय रुपैयाँमा किनेको थियो । योसँगै पन्त आईपीएलका सबैभन्दा महँगा खेलाडी बनेका थिए ।

पन्तले यसअघि तीन सिजन (२०२१, २०२२ र २०२४) मा दिल्ली क्यापिटल्सको नेतृत्व गरिसकेका छन् । उनको कप्तानीमा टोली सन् २०२१ प्लेअफमा पुगेको थियो। उनी कार दुर्घटनापछि २०२३ को सिजनबाट बाहिरिएका थिए। 

यसअघि केएल राहुलले सन् २०२२, २०२३ र २०२४ मा एलएसजीको नेतृत्व गरेका थिए। टोलीले पहिलो दुई वर्षमा प्लेअफमा स्थान बनाए पनि फाइनलमा पुग्न सकेन। सन् २०२४ को सिजनमा भने क्लबको प्रदर्शन धेरै खराब थियो । टोली ७ औँ स्थानमा सीमित बनेको थियो।

ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025 ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप