पन्त बने लखनउ सुपर जाइन्ट्सको नयाँ कप्तान
लखनउ । ऋषभ पन्त लखनउ सुपर जाइन्ट्स (एलएसजी) को नयाँ कप्तान बनेका छन्। यससँगै उनले अब केएल राहुलको स्थान लिनेछन् ।
पन्त यसअघि दिल्ली क्यापिटल्सका कप्तान रहिसकेका छन् । मेगा अक्सनपछि पन्तलाई लखनउको कप्तान बनाउने चर्चा चलेको थियो । फ्रेन्चाइजीले पन्तलाई नोभेम्बर–२०२४ मेगा अक्सनमा २७ करोड भारतीय रुपैयाँमा किनेको थियो । योसँगै पन्त आईपीएलका सबैभन्दा महँगा खेलाडी बनेका थिए ।
पन्तले यसअघि तीन सिजन (२०२१, २०२२ र २०२४) मा दिल्ली क्यापिटल्सको नेतृत्व गरिसकेका छन् । उनको कप्तानीमा टोली सन् २०२१ प्लेअफमा पुगेको थियो। उनी कार दुर्घटनापछि २०२३ को सिजनबाट बाहिरिएका थिए।
यसअघि केएल राहुलले सन् २०२२, २०२३ र २०२४ मा एलएसजीको नेतृत्व गरेका थिए। टोलीले पहिलो दुई वर्षमा प्लेअफमा स्थान बनाए पनि फाइनलमा पुग्न सकेन। सन् २०२४ को सिजनमा भने क्लबको प्रदर्शन धेरै खराब थियो । टोली ७ औँ स्थानमा सीमित बनेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा छानबिन गर्न न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण