बेरोजगारहरूलाई नक्कली अफिस स्पेस भाडामा दिन्छ यो कम्पनी
बेइजिङ । जागिर गुमाउनु वा गुम्नु ठुलो कुरा होइन । बेरोजगारीलाई केही मानिसले हाँसेरै स्विकार्छन्, नयाँ जागिर खोज्न संघर्षरत रहन्छन् । तर केही मानिस आफ्नो बेरोजगारीप्रति लज्जित महसुस गर्छन् । आफू बेरोजगार भएको अरूले थाहा पाउँदा के भन्लान् भनेर हीनताबोध गर्नेहरू पनि छन् । त्यस्ता व्यक्तिका लागि हाम्रो छिमेकी देश चीनको एक फर्मले अनौठो समाधान निकालेको छ ।
साउथ चाइना मर्निङ पोस्टको रिपोर्ट अनुसार चीनको हुबेई प्रान्तमा बेरोजगारहरूले एउटा अनौठो अवसर पाइरहेका छन् । त्यहाँको एउटा कम्पनीले जागिर गुमाएका व्यक्तिहरूका लागि संसारको अगाडि रोजगारीमै भएजस्तो देखाइदिन धन्दा चलाइरहेको छ । यसको लागि बेरोजगारहरूले सो कम्पनीलाई निश्चित पैसा तिर्नुपर्छ । यसबाट कम्पनीले उनीहरूलाई आफ्नो इज्जत जोगाउने मौका दिन्छ ।
यहाँ आएर उनीहरू कार्यालयमा हुँदा जस्तै गरी बस्न अनि खाजा खान सक्छन् । तर यहाँ आएको तलब पाइँदैन । उल्टै दैनिक पैसा तिर्नु पर्छ । यसबापत कम्पनीले दैनिक ३० युआन (४ अमेरिकी डलर) लिन्छ । यति पैसा तिरे पछि व्यक्तिले कार्यालयको जस्तो अनुभूति लिन पाउनेछ । सामान्य कार्यालयमा जस्तै यहाँ पनि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म बस्न पाइन्छ ।
हाकिमको कुर्सीमा बसेर फोटो खिचाउन चाहन्छ र आफ्ना साथीभाइ अनि परिवारलाई आफूले राम्रो काम गरिरहेको देखाउन चाहनेहरूले ५० युआन तिर्नुपर्नेछ । कम्पनीले उपलब्ध गराइरहेको यस सेवाको बारेमा सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रियाहरू आइरहेका छन् । ‘यसरी देखाउनु आवश्यक छैन, यसले पलायनवादलाई बढवा दिन्छ, ’ एक प्रयोगकर्ताले लेखेका छन् । अर्का एक प्रयोगकर्ताले भने यसरी मानसिक तनावलाई अलिकति कम गर्न सकिने उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण