कोलकाताले रिटेन नगरेकोमा श्रेयसले तोडे मौनता
कोलकाता । श्रेयस अय्यरले आफ्नो कप्तानीमा कोलकाता नाइट राइडर्स (केकेआर) लाई आईपीएल २०२४ ट्रफी जिताएका थिए । तर, यो सिजन क्लबले उनलाई टोलीमा नराख्ने निर्णय गर्यो ।
अहिले आएर केकेआरमा रिटेन नगरेकोमा अय्यरले पहिलो पटक मौन तोडेका छन् । उनले केकेआरमा नराखेकोमा आफू 'निश्चित रूपमा निराश' बनेको बताएका हुन् । अय्यरले 'द इन्डियन एक्सप्रेस' आइडिया एक्सचेन्जमा आईपीएल २०२५ लिलामीको बारेमा भने, ‘हो, म निराश थिएँ।"
केकेआरले उपाधि विजेता कप्तान अय्यरलाई रिलिज गरेको थियो । पछि लिलामीमा पञ्जाब किंग्सले उनलाई २६.७५ करोड भारुको कीर्तिमानी बोलीमा किनेको थियो।
उनले भने, ‘केकेआरमा मैले पक्कै पनि राम्रो समय बिताएँ । त्यहाँ बिताएको हरेक पल मलाई मनपर्छ। जाहेर छ, हामीले आईपीएल च्याम्पियनसिप पछि सीधा कुरा गरेका थियौँ, तर त्यसपछि केही स्पष्ट भएन। उनीहरूले मलाई सम्पर्क पनि गरेनन् । ठोस पहल पनि भएन । म के हुँदैछ भनेर अलमलमा थिएँ, त्यसैले सञ्चारको कमीले गर्दा हामी यस्तो अवस्थामा पुग्यौँ जहाँ हामी सौहार्दपूर्ण रूपमा अलग भयौँ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण