पुटिनसँग टेलिफोन वार्ताको व्यवस्था मिलाउन ट्रम्पको निर्देशन
सोमबार, ०७ माघ २०८१, २० : ५१
मस्को । रुसी समाचार एजेन्सी टासका अनुसार अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो टोलीलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोन वार्ताको व्यवस्था मिलाउन निर्देशन दिएका छन् । समाचार एजेन्सी टासमा प्रकाशित रिपोर्टका अनुसार ट्रम्पले आफ्नो टोलीलाई शपथ समारोह पछि पहिलो दिनमा नै पुटिनसँग फोन संवाद गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।
रिपोर्ट अनुसार वार्ताको एउटा लक्ष्य युक्रेनमा द्वन्द्व अन्त्य गर्ने प्रयास गर्न ‘आउँदो महिनाहरूमा व्यक्तिगत बैठकमा छलफल गर्ने’ हुनेछ । ट्रम्पले जनवरी ७ मा युक्रेन मुद्दा समाधान गर्न २४ घण्टा भन्दा बढी लाग्न सक्ने कुरालाई अस्वीकार गरेका थिएनन् । ट्रम्पले आफू राष्ट्रपति बनेलगत्तै युक्रेन र रुसबिचको युद्ध अन्त्य हुने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भैरहवा भन्सारमा ४ जना नियन्त्रणमा
-
१२ बजे १२ समाचार: अदालत जाने तयारीमा कांग्रेसदेखि असारे विकासमा प्रदेश सरकारहरूसम्म
-
महिला टी–ट्वान्टी विश्वकप: इंग्ल्यान्डलाई हराउँदै अस्ट्रेलियाले जित्यो उपाधि
-
कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकतामा राखेको छ: महामन्त्री पौडेल
-
फिफाद्वारा फोलारिन बालोगनको प्रतिबन्ध निलम्बित, बेल्जियमविरुद्धको खेल खेल्न पाउने
-
दिलजीत दोसांझको फिल्म ‘सतलुज’ रिलिज भएको ४८ घण्टामै भारतमा ओटिटी प्लेटफर्मबाट हटाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण