ला लिगामा भियारियालको शानदार जित
मङ्गलबार, ०८ माघ २०८१, ०४ : ४०

काठमाडौं । स्पेनिस ला लिगामा भियारियालले शानदार जित निकालेको छ । सोमबार राती भएको खेलमा भियारियालले मलोर्कालाई ४-० गोल अन्तरले हरायो ।
भिया रियाललाई विजयी गराउन लोगान कोस्टा, एलेक्स बैना, डेनी पारेजो र येरेमी पिनोले गोल गरे । जितसँगै भियारियालले मलोर्कालाई पछि पारेको छ । भियारियाल अंक तालिकाको पाँचौ स्थानमा उक्लिदा मलोर्का छैठौं स्थानमा ओर्लिएको छ ।
शीर्ष स्थानको रियाल मड्रिडको ४६ अंक छ भने समान २० खेलबाट ४४ अंक जोडेको एटलेटिको मड्रिड दोस्रो स्थानमा छ । तेस्रो स्थानको बार्सिलोनाको ३९ अंक छ । यो सँगै ला लिगामा २० औं चरणको खेल पूरा भएको छ ।