अहिलेका लागि ट्रम्पको अतिरिक्त शुल्कबाट बच्यो क्यानडा
ओट्टावा । अमेरिकामा डोनाल्ड ट्रम्पले राष्ट्रपतिको रुपमा शपथ ग्रहण गरेपछि अमेरिका र क्यानडाबिच व्यापार युद्ध छेडिने लगभग पक्का जस्तै थियो । तर अहिलेको लागि यो सम्भावना टरेको छ ।
शपथ ग्रहणपछि ट्रम्पले क्यानडामाथि अतिरिक्त कर थोपर्ने निर्णय गरेका छैनन् । तर क्यानडा र मेक्सिकोमाथिको अतिरिक्त महसुल फेब्रुअरी १ देखि लाग्न सक्ने भन्दै उनले सङ्घीय अधिकारीहरूलाई अमेरिकासँग अनुचित व्यापार अभ्यास गरिरहेका देशहरूसँगको सम्बन्धको समीक्षा गर्न भनेका छन् । यो सूचिमा क्यानडा र मेक्सिको पनि छन् ।
ट्रम्पले क्यानडा र मेक्सिकोबाट आउने सामानमा २५ प्रतिशत र चीनबाट आउने सामानमा ६० प्रतिशत कर लगाउने भनेका थिए । विश्वभरबाट आयातित सामानमा पनि १० प्रतिशतको कर लगाउने कसम उनले खाएका थिए ।
आफ्ना देशका नागरिकलाई धनी बनाउन अब देखि बाहिरका देशलाई अतिरिक्त महसुल र कर लगाउने शपथ ग्रहणपछिको भाषणमा ट्रम्पले भनेका थिए । बाह्य व्यापारमा क्यानडा अमेरिकासँग निर्भर छ । उसले बाहिर पठाउने सामानको करिब ७५ प्रतिशत सामान अमेरिका जान्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण