दुर्घटना
तनहुँको बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु
मङ्गलबार, ०८ माघ २०८१, १० : ०५
तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको गण्डकी प्रदेश०३–००१प०३१० नम्बरको मोटरसाइकल आज बिहान अनियन्त्रित भई सडकबाट खस्दा सवार दुई जनाको घटनास्थलमा नै मृत्यु भएको हो ।
मृत्यु हुनेको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए । “हुस्सु लागेका कारण मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको देखिएको छ”, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण