लगातार दोस्रो जितसँगै श्रीलङ्का अग्रस्थानमा, निरीह बन्यो वेस्ट इन्डिज
काठमाडौँ । मलेसियामा जारी आईसीसी महिला यू–१९ टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा श्रीलङ्काले लगातार दोस्रो जित हासिल गरेको छ । श्रीलङ्काले मंगलबार सम्पन्न आफ्नो दोस्रो खेलमा वेस्ट इन्डिजलाई ८१ रनको फराकिलो अन्तरले हराएको हो ।
दोस्रो जितसँगै श्रीलङ्का चार अंकसहित समूह ‘ए’ तालिकाको पहिलो स्थानमा छ । एक खेल खेलेको भारत दुई अंकसहित दोस्रो स्थानमा छ । दुबै खेलमा पराजित भएको वेस्ट इन्डिज तेस्रो र एक खेल खेलेको आयोजक मलेसिया चौथो स्थानमा छन् ।
मंगलबार खेलिएको खेलमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको श्रीलङ्काले निर्धारित ओभरमा ६ विकेट गुमाएर एक सय ६६ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको क्यारेबियन टोलीले भने १९।४ ओभरमै अलआउट हुनुअघि ८५ रनमात्र बनाउन सक्यो ।
पहिले ब्याटिङ गरेको श्रीलङ्काका लागि ओपनर संजना काविन्दीले ३८ रनको योगदान गरिन् । उनले ३६ बलको सामना गरी ६ चौका पनि हिर्काइन् । तेस्रो नम्बरमा क्रिज समाल्न आएकी कप्तान मानुदी नानयाकाराले पनि ३७ रन बनाइन् । उनले ३१ बलमा एक छक्का र चार चौका हिर्काइन् ।
पाँचौँ नम्बरकी ब्याटर दहामी सानेथमाले पनि टोलीको खातामा अविजित ३१ रन थपिन् । उनले २५ बलमा तीन चौका प्रहार गरिन् । ओपनर सुमुदु निसानसलाले पनि २२ बलमा एक छक्का र दुई चौकाको मद्दतले १९ रन बटुलिन् ।
श्रीलंकाली टोलीले अतिरिक्त रुपमा पनि ३६ रन पाएको थियो । वेस्ट इन्डिजकी बलर सेलेना रोसले दुई विकेट लिइन् । जवाफी ब्याटिङ गरेको वेस्ट इन्डिजका लागि कप्तान सामरा रामनाथले सर्वाधिक २४ रन बनाइन् । ओपनर सामराले २३ बलमा तीन चौका पनि प्रहार गरिन् ।
क्यारेबियन टोलीका अन्य ब्याटरको प्रदर्शन सन्तोषजनक रहेन । श्रीलंकाली टोलीकी बलर चामुदी प्रबोदाले तीन विकेट लिइन् । उनले चार ओभरमा १६ रन खर्चिइन् । असेनी थालागुने र लिमान्सा थिलकारत्नेले पनि दुई–दुई विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण