विवेक रामास्वामीले छाडे ट्रम्पको ‘डज’
वासिङ्टन डिसी । अमेरिकी अर्बपति व्यापारी विवेक रामास्वामी डोनाल्ड ट्रम्प टिमबाट बाहिरिएका छन् । ट्रम्पले खर्बपति व्यापारी एलन मस्कको साथमा रामास्वामीलाई नवगठित सरकारी दक्षता विभाग (डज)को जिम्मेवारी दिएका थिए ।
ट्रम्पले पदभार ग्रहण गरेको केही घण्टापछि नै रामास्वामीले डज छाडेको खबर आएको छ । उनलाई ट्रम्पले हटाएका होइनन्, आफैँले पद त्याग्ने निर्णय गरेका हुन् ।
रामास्वामी ओहायोको गभर्नर पदको लागि आफ्नो उम्मेदवारीको तयारीमा रहेका खबर आएका थिए । डजबाट उनी बाहिरिएसँगै यसको सम्पूर्ण नेतृत्व मस्कको काँधमा पुगेको छ ।
माइक्रोबलगिङ वेबसाइट एक्समा एउटा पोस्ट गर्दै रामास्वामीलेले डज छोडेको पुष्टि गरेका छन् । डजको स्थापनामा मद्दत गर्न पाउनु आफ्ना लागि सम्मानको कुरा भएको पोस्टमा उनले उल्लेख गरेका छन् ।
मस्क र उनको टोली सरकारलाई सुव्यवस्थित गर्न सफल हुने विश्वास पनि उनले व्यक्त गरेका छन् । आफूले चाँडै नै ओहायोमा आफ्नो भावी योजनाहरूबारे जानकारी शेयर गर्ने अनि सबैभन्दा महत्त्वपूर्ण कुरा आफूहरूले ‘मेक अमेरिका ग्रेट अगेन’ भन्ने ट्रम्पको अभियान सफल पार्न मद्दत गर्ने पनि उनले बताए ।
‘एउटा नयाँ बिहानी ’ क्याप्सनमा रामास्वामीले मस्कसँग खिचाएको आफ्नो फोटो शेयर पनि गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भैरहवा भन्सारमा ४ जना नियन्त्रणमा
-
१२ बजे १२ समाचार: अदालत जाने तयारीमा कांग्रेसदेखि असारे विकासमा प्रदेश सरकारहरूसम्म
-
महिला टी–ट्वान्टी विश्वकप: इंग्ल्यान्डलाई हराउँदै अस्ट्रेलियाले जित्यो उपाधि
-
कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकतामा राखेको छ: महामन्त्री पौडेल
-
फिफाद्वारा फोलारिन बालोगनको प्रतिबन्ध निलम्बित, बेल्जियमविरुद्धको खेल खेल्न पाउने
-
दिलजीत दोसांझको फिल्म ‘सतलुज’ रिलिज भएको ४८ घण्टामै भारतमा ओटिटी प्लेटफर्मबाट हटाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण