आईजीपी नियुक्ति गर्न विधेयकले राखेको ६ आधार
काठमाडौँ । नेपाल प्रहरी ऐन–२०१२ लाई प्रतिस्थापन गर्न बनेको विधेयक हिउँदे अधिवेशनमा संसद्मा पेस गर्नेगरी काम भइरहेको छ । मन्त्रिपरिषद्बाट पारित भएको नेपाल प्रहरी विधेयकमा आईजीपी नियुक्तिका लागि ६ आधार उल्लेख गरिएको छ ।
कार्यरत आईजीपीको अवकाश हुनुअघि नै अतिरिक्त महानिरीक्षकहरू मध्येबाट नयाँ आईजीपी नियुक्त गर्नुपर्ने विधेयकमा व्यवस्था गरिएको छ । गृह मन्त्रालयले सिफारिस समितिको सिफारिसको आधारमा आईजीपी नियुक्ति गर्नुपर्ने प्रस्ताव गरेको थियो । लोकसेवा आयोगले असहमति जनाएपछि सो प्रस्ताव हटेको छ । गृहका एकजना उच्च अधिकृत भन्छन्, ‘सिफारिस समितिले सिफारिस गरेपछि मात्र मन्त्रिपरिषद्ले आईजीपी बढुवा गर्ने भन्ने विषय हटेको छ ।’
यसअघि कमिटीले प्रहरीतर्फ ३ जना र सशस्त्रतर्फ दुईजना उम्मेदवार सिफारिस गरेपछि मन्त्रिपरिषद्ले त्यसबारे निर्णय गर्ने प्रस्ताव थियो । तर, सो प्रस्ताव विधेयकबाट मन्त्रिपरिषद्ले हटाएर स्वीकृत गरेको छ ।
आईजीपी नियुक्ति गर्दा ६ वटा आधारलाई मापन गर्नुपर्ने विधेयकमा प्रस्ताव गरिएको छ । जेष्ठतालाई ३ नम्बरमा राखेर आधार निर्धारण गरिएको छ । कार्यकुशलतालाई पहिलो आधार मान्नुपर्ने विधेयकमा प्रस्ताव गरिएको छ । प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट विधेयक पास भएपछि लागु हुनेछ ।
आईजीपी नियुक्तिका ६ आधार यस्ता छन्:
१. कार्यकुशलता
२. क्षमता
३. ज्येष्ठता
४.उत्तरदायित्व बहन गर्नसक्ने क्षमता
५.नेतृत्व प्रदान गर्नसक्ने क्षमता
६. आफूभन्दा तलका लाई प्रोत्साहन र परिचालन गर्न सक्ने समथ्र्यको आधार ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण