नेपालका अदालतहरूको कार्यसम्पादन अब्बल छ : मन्त्री चौरसिया
काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपालका अदालतहरूको कार्यसम्पादन अब्बल रहेको बताएका छन् । मंगलबार प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा संसदीय मामिला समितिमा बोल्दै उनले यस्तो बताएका हुन् ।
मन्त्री चौरसियाले महान्यायाधिवक्ताको कार्यालयले गरेको कामको समेत उच्च मुल्याङ्कन गर्नुपर्ने बताए । उनले महान्याधिवक्तालाई प्रधानमन्त्रीको प्रमुख सल्लाहकार बनाउनुपर्ने समेत बताए । उनले विभिन्न लोकतान्त्रिक देशहरूमा महान्यायाधिवक्ता नै प्रधानमन्त्रीको सल्लाहकार बस्ने गरेको बताए । उनले महान्यायाधिवक्ताले कार्यसम्पादनका क्रममा भएका त्रुटिहरू सच्याउनुपर्ने बताए ।
उनले भने, ‘अभियोजन लाग्ने बित्तिकै कोही मान्छे दोषी पनि हुँदैन र सबै मान्छे निर्दोष हुन्छ भनने कल्पना पनि गर्नु हुँदैन । हाम्रो नेपालको जुन कोर्ट छ त्यो अब्बल छ । महान्यायाधिवक्ताको कार्यालयले गर्नुभएको कामको पनि उच्च मूल्याङ्कन गर्नुपर्छ भन्ने मलाई लाग्छ । अन्य लोकतान्त्रिक देशहरूमा पनि रिटर्नी जनरल सरकारको प्रमुख सल्लाहकार हुन्छ ।’
मन्त्री चौरसियाले महान्यायाधिवक्ताको कार्यालयका समस्या र स्रोत व्यवस्थापनका सम्बन्धमा प्रधानमन्त्रीसँग छलफल गर्ने आश्वासन दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण