जित्नै पर्ने दबाबमा रहेको नेपाल आज अस्ट्रेलियासँग भिड्दै

काठमाडौँ । मलेसियामा जारी आईसीसी महिला यू–१९ टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा बुधबार नेपालले समूहगत चरणको अन्तिम खेल खेल्दैछ । जित्नै पर्ने दबाबमा रहेको नेपालले अन्तिम खेलमा बलियो प्रतिद्वन्द्वी अस्ट्रेलियाको सामना गर्नेछ ।
नेपाल र अस्ट्रेलियाबिचको खेल नेपाली समय अनुसार दिउँसो १२ः१५ बजे सुरु हुनेछ । समूह ‘डी’ मा रहेको नेपाल यसअघि आफूले खेलेको दुईवटै खेलमा पराजित भएको थियो । नेपाली टोली आफ्नो पहिलो खेलमा बंगलादेशसँग पाँच विकेटले पराजित भएको थियो ।
यसैगरी, आफ्नो दोस्रो खेलमा नेपाली टोली स्कटल्यान्डसँग एक विकेटले हारेको थियो । त्यसैले बुधबारको खेलमा नेपाली टोलीसँग जितको विकल्प छैन । उक्त समूहमा रहेका चारवटै टोलीले दुई–दुई खेल खेलिसक्दा अस्ट्रेलिया चार अंकसहित पहिलो स्थानमा आसिन छ ।
दुई अंकसहित बंगलादेश दोस्रो र समान अंक बटुलेको स्कटल्यान्ड तेस्रो स्थानमा छन् । चौथो स्थानमा आसिन नेपाल भने हालसम्म अंकविहीन अवस्थामा छ । प्रत्येक समूहबाट तीन–तीन टोली प्रतियोगिताको ‘सुपर–६’ चरणमा पुग्ने प्रावधान छ ।
त्यसैले अस्ट्रेलियासँग पराजित भए नेपाली टोली स्वतः उपाधि होडबाट बाहिरिने छ । अस्ट्रेलियालाई हराएमा भने नेपालको अगाडि बढ्ने सम्भावना कायम रहने छ । अस्ट्रेलियालाई हराएपछि पनि नेपालले अगाडिको यात्रा तय गर्न अर्को खेलको नतिजामा भर पर्नु पर्नेछ ।
समूह ‘डी’ अन्तर्गत बुधबार नै बंगलादेश र स्कटल्यान्डबिच पनि खेल हुँदैछ । उक्त खेलमा बंगलादेशले स्कटल्यान्डलाई हराएमा नेपालको ‘सुपर–६’ चरणमा पुग्ने सम्भावना बढ्ने छ । यस्तो स्थितिमा नेपाल र स्कटल्यान्डको अंक दुई–दुई हुनेछ ।
त्यसपछि नेट रन रेटका आधारमा ‘सुपर–६’ चरणमा पुग्ने टोलीको टुंगो लाग्नेछ । हालको अवस्थामा स्कटल्यान्ड र नेपालको तुलनामा बंगलादेशको नेट रन रेट निकै राम्रो छ । हाल बंगलादेशको नेट रन रेट ०.६५९, स्कटल्यान्डको नेट रन रेट –१.४२० र नेपालको नेट रन रेट –०.८४४ रहेको छ ।
नेपाली युवा टोलीमा पूजा महतो (कप्तान), सोनी पाख्रिन, किरण कुमारी कुवँर, कृष्मा गुरुङ, साना प्रविण, स्नेहा महरा, सावित्री धामी, तृषना विक, रिया शर्मा, अलिशा कुमारी यादव, कुसुम गोदार, सिमाना केसी, ज्योत्सनिका मरासिनी, रचना चौधरी र अनु कडायत रहेका छन् ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लमजुङमा तरुण दलका कार्यकर्तामाथि खुकुरी प्रहार गर्नेहरू पक्राउ परेनन्
-
मस्को मेट्रोले आफ्नो ९० औं वार्षिकोत्सव मनायो
-
सञ्चारमन्त्री तथा एमाले उपमहासचिव गुरुङ सम्मानित
-
मन्त्री दाहालद्वारा सडक योजना भवन उद्घाटन
-
बागमती प्रदेश सरकारको दश महिनाको खर्च ३८ प्रतिशत
-
परवानीपुरदेखि पटेलनगर क्षेत्रमा जल निकासी प्रणालीमा सुधार हुन्छ : मन्त्री यादव