बंगलादेशले स्कटल्यान्डलाई हरायो, अस्ट्रेलियाविरुद्धको खेलअघि नेपाललाई थोरै राहत
काठमाडौँ । मलेसियामा जारी आईसीसी महिला यू–१९ टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको बुधबार सम्पन्न खेलमा बंगलादेशले स्कटल्यान्डलाई १७ रनले हराएको छ । समूह ‘डी’ बाट अस्ट्रेलिया र बंगलादेश ‘सुपर–६’ चरणमा पुग्ने पक्का भइसकेको छ ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय २० रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको स्कटल्यान्डले भने निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय तीन रनमात्र बनाउन सक्यो ।
दुई खेल खेलेको अस्ट्रेलिया चार अंकसहित पहिलो र तीन खेल खेलेको बंगलादेश पनि चार अंकसहित दोस्रो स्थानमा आसिन छन् । तीन खेल खेलेको स्कटल्यान्ड दुई अंकसहित तेस्रो स्थानमा छ । दुई खेल खेलेको नेपालले भने अंक बटुल्न सकेको छैन ।
प्रत्येक समूहबाट तीन–तीन टोली ‘सुपर–६’ चरणमा पुग्ने प्रावधान छ । त्यसैले स्कटल्यान्डको पछिल्लो हारले नेपाललाई भने केही राहत मिलेको छ । नेपालले बुधबार नै अस्ट्रेलियासँग समूहगत चरणको आफ्नो अन्तिम खेल खेल्दैछ ।
नेपाल र अस्ट्रेलियाबिचको खेल नेपाली समय अनुसार दिउँसो १२ः १५ बजे सुरु हुनेछ । उक्त खेलमा विजयी भए नेपालको अगाडि बढ्ने सम्भावना बलियो हुनेछ । हाल स्कटल्यान्डको भन्दा नेपालको नेट रन रेट राम्रो रहेको छ ।
अस्ट्रेलियालाई हराउन सके नेपालको पनि दुई अंक हुनेछ । त्यसपछि नेट रन रेटका आधारमा ‘सुपर–६’ चरणमा पुग्ने तेस्रो टोलीको टुंगो लाग्नेछ । नेपाल यसअघि आफ्नो पहिलो खेलमा बंगलादेशसँग पाँच विकेटले पराजित भएको थियो । दोस्रो खेलमा नेपाली टोली स्कटल्यान्डसँग एक विकेटले हारेको थियो ।
नेपाली युवा टोलीमा पूजा महतो (कप्तान), सोनी पाख्रिन, किरण कुमारी कुवँर, कृष्मा गुरुङ, साना प्रविण, स्नेहा महरा, सावित्री धामी, तृषना विक, रिया शर्मा, अलिशा कुमारी यादव, कुसुम गोदार, सिमाना केसी, ज्योत्सनिका मरासिनी, रचना चौधरी र अनु कडायत रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण