विभिन्न जिल्लामा ४ जना मृत अवस्थामा फेला
काठमाडौँ । विभिन्न जिल्लामा ४ जना मृत अवस्थामा फेला परेका छन् । काठमाडौँ, म्याग्दी, मोरङ, ओखलढुङ्गामा ४ जना मृत अवस्थामा फेला परेका हुन् ।
काठमाडौँका कागेश्वरी मनहरा नगरपालिका- ८ गोठाटार बालुवाखानीस्थित खाली जमिनमा हाल नाम, थर, वतन नखुलेको अन्दाजी ३० वर्षीय पुरुष बुधवार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै म्याग्दीको बेनी नगरपालिका–४ सिंगास्थित म्याग्दी खोलामा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४० वर्षीया महिला बुधवार मृत अवस्थामा फेला परेकी छिन् ।
उता मोरङको सुनवर्षी नगरपालिका–४ काशीजान टोलस्थित सडकको नालीमा सोही नगरपालिका–६ खिर्किडागी बस्ने ५० वर्षीय कार्तिकलाल सुतियार मृत अवस्थामा फेला परेका छन् । बुधवार उनी मृत फेला परेका हुन् ।
यता ओखलढुङ्गाको सुनकोसी गाउँपालिका–५ मुलखर्क बस्ने ३२ वर्षीय करण तामाङ सोही गाउँपालिका–५ लप्सीडाँडास्थित बाटोमा बुधवार मृत अवस्थामा फेला परेका छन् । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
-
आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
-
लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्का घटना, दुई जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण