‘कुस्ती’ मा दिकिला शेर्पा अनुबन्धित
काठमाडौँ । एमटीभीको भारतीय चर्चित रियालिटी शो ‘स्प्लिट्सभिल्ला’ सिजन ५ बाट चिनिएकी दिकिला शेर्पाको नेपाली फिल्ममा डेब्यु गर्ने पक्का भएको छ । कलाकार बुद्धि तामाङको निर्माण रहने फिल्म ‘कुस्ती’ मा अभिनेत्री शेर्पा अनुबन्धित भएकी छिन् । उनले फिल्मको निर्माण टिमसँग सम्झौता गर्दै वर्कसप ज्वाइन गरिसकेकी छिन् । आउँदो फागुनको पहिलो सातादेखि छायाङ्कनमा जाने फिल्ममा उनको भूमिका महत्त्वपूर्ण हुने निर्देशक तथा लेखक अनिल योञ्जनले जानकारी दिए ।
उनले भने,‘हामीलाई एउटा फ्रेस अनुहार चाहिएको थियो । दिकिलालाई भूमिका सुहाउँदो भएपछि अफर गरेका हौँ, उहाँले सम्झौता गरेर वर्कसपमा हुनुहुन्छ । उहाँ निकै उत्साहित हुनुहुन्छ ।’
निर्देशक योञ्जनले आउँदो वर्ष विसं २०८२ को भदौमा दर्शकले दिकिलालाई पर्दामा हेर्न पाउने जानकारी दिए । उनले म्युजिक भिडिओमा देखेपछि दीकिलासँग फिल्म बारे परामर्श गरेका थिए । दीकिलाले भारतबाट नेपाल आएर फिल्मको पात्रका लागि ‘स्क्रीन टेस्ट’ दिएर छनोट भएको निर्देशक योञ्जनले जानकारी दिए । डेब्यु गर्ल दिकिलाले वर्कशपले आफूमा छुटै उत्साह थपेको बताइन् ।
उनले भनिन्, ‘यो मेरो पहिलो फिल्म भएकाले निकै उत्साहित छु । मलाई सुहाउँदो भूमिका, मैले मन पराउने सिनियर कलाकार, भद्र र सालिन टीमले मलाई अभिनेत्री बन्न प्रेरित गर्यो । म आफूले धेरै मेहनत गरेर सक्दो बेस्ट दिने कोसिश गर्ने छु । मैले पाएको मायालाई बढाउने काम फिल्ममा गर्ने छु ।’
फिल्मलाई काठमाडौँ रीच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्ट, मोफसल एफडी कम्पनिले प्रदर्शनका लागि वितरण गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण