रेलले ठक्कर दिँदा भारतमा कम्तीमा ७ जनाको मृत्यु
मुम्बई । भारतको महाराष्ट्रस्थित जलगाउँ जिल्लामा भएको रेल दुर्घटनामा कम्तीमा ७ जनाको मृत्यु भएको छ । रेलवेका जनसम्पर्क अधिकारीका अनुसार पुष्पक एक्सप्रेसका यात्रुहरूमाझ रेलमा आगलागी भएको अफवाह फैलिएको थियो ।
त्यसपछि चेन पुलिङ गरेर ट्रेन रोकेपछि धेरै यात्रु ट्रेनबाट ओर्लिएका थिए । त्यही क्रममा अर्को तर्फबाट बेंगलुरुबाट दिल्ली जाँदै गरेको कर्नाटक एक्सप्रेसले केही यात्रुलाई ठक्कर दिएको थियो ।
भुसावल डिभिजनका रेलवे पीआरओले बीबीसी मराठीलाई भने, ‘लखनउबाट मुम्बई जाँदै गरेको पुष्पक एक्सप्रेस ट्रेनको बी४ बोगीमा स्पार्किङ भएको थियो जसका कारण यात्रुहरूले आगलागी भएको अनुमान गरेका थिए। आगलागीको डरले धेरै यात्रुले रेलबाट हामफालेका थिए। त्यही समयमा अर्को तर्फबाट आइरहेको कर्नाटक एक्सप्रेसले यात्रुहरूलाई ठक्कर दिएको थियो ।’
उनले यो घटनामा सातदेखि १० यात्रुको मृत्यु भएको आशंका भएको बताए । यद्यपि, पीटीआईले भने यस घटनामा छ जनाको मृत्यु भएको बताएको छ ।
जिल्ला मजिस्ट्रेटले यो घटनामा १२ यात्रु घाइते भएको र उनीहरुको पचोरा ग्रामीण अस्पतालमा उपचार भइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण