नेपाली खो-खो टोलीलाई राष्ट्रिय स्वतन्त्र पार्टीको सम्मान
काठमाडौँ । भारतमा केही दिनअघि भएको प्रथम खो-खो विश्वकपमा उपविजेता बनेको नेपाली पुरुष तथा महिला टोलीका खेलाडीलाई राष्ट्रिय स्वतन्त्र पार्टीले सम्मान गरेको छ। रास्वपाको युवा तथा खेलकुद विभागले आज दुवै टोलीलाई पार्टी कार्यालय, वनस्थलीमा निम्त्याएर विश्वकपको उत्कृष्ट प्रदर्शनका लागि सम्मान गरेको हो।
दुवै टोलीका खेलाडी, प्रशिक्षक र सदस्यलाई सम्मान गरिएको कार्यक्रममा पार्टीका कार्यवाहक सभापति डीपी अर्याल, उपसभापति डा. स्वर्णिम वाग्ले, कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटी, प्रतिनिधिसभा सदस्य विराजभक्त श्रेष्ठ, केन्द्रीय सदस्य विजय जैरु, विभागका सचिव पुरुषोत्तोम पोखरेल, सदस्य ई. जगदीश खरेललगायत नेताको उपस्थिति थियो।
कार्यक्रमका वक्ताले नेपाली खेलकुदले अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै खेलाडीको थप प्रोत्साहन र अवसरका लागि राष्ट्रिय स्वतन्त्र पार्टी सधैँ प्रतिबद्ध रहने बताए। नेपाली टोलीले देखाएको उत्कृष्ट प्रदर्शनले देशको प्रतिष्ठा अन्तर्राष्ट्रियस्तरमा उच्च बनाएकोमा पार्टीका नेताहरूले खेलाडीलाई बधाई दिएका थिए। खेलाडीका प्रतिनिधि वक्ताले प्रोत्साहन गरिएकोमा आभार व्यक्त गर्दै रास्वपाले सकारात्मक सन्देश दिएको बताएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण