रावलको पक्षमा लाग्ने अछामका ६ जना एमाले नेताको जिम्मेवारी खोसियो
काठमाडौँ । डा. भीम रावलको मातृभूमि जागरण अभियानमा लागेको भन्दै नेकपा एमालेले अछाम जिल्ला कमिटीका ६ जना नेतालाई कारबाही गरेको छ ।
रावलले थालेको ‘मातृभूमि जागरण अभियान’को पक्षमा लागेर पार्टी हितविपरीत काम गरेको भन्दै जिल्ला कमिटीले उनीहरूलाई कारबाही गरेको हो ।
जिल्ला अध्यक्ष चन्द्र बोहरा र सचिव भीमबहादुर रावलले बुधबार विज्ञप्ति जारी गर्दै नेकपा एमाले अछाम जिल्ला कमिटी सचिवालय सदस्य एवं संगठन विभाग प्रमुख प्रकाश शाह, जिल्ला कमिटी सचिवालय सदस्य सागरसिंह बाब्ली, जिल्ला कमिटी सदस्य बलबहादुर कुँवर, शंकर भुल, रतन रावल र साँफेबगर नगर कमिटी अध्यक्ष ढकेन्द्र कुँवरलाई जिम्मेवारीबाट हटाएको जनाएका छन् ।
‘मातृभूमि जागरण अभियान नेपाल’ नामक जुलुसमा समावेश भई पार्टी र सम्माननीय प्रधानमन्त्री एवं पार्टी केन्द्रीय कमिटीका अध्यक्षविरुद्ध अलोकतान्त्रिक र अशोभनीय नाराबाजी गरिएको तथा पार्टीविरुद्धको जुलुसमा सक्रिय भूमिका खेलेको देखिन्छ,’ एमालेले जारी गरेको विज्ञप्तिमार्फत भनेको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजधानीमा गुठीको जग्गा ‘रैकर’ बनाउन किर्ते : आयोगले चलायो २७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
धोबीखोलामा हामफालेकी महिलाको शव शिक्षण अस्पतालमा, अझै खुलेन पहिचान
-
बालेन सरकारका ४ अध्यादेश बने कानुन
-
कर्मचारीको अनुशासन र आचरण सुधार्न सुरु गरियो ‘डिजिटल’ निगरानी
-
निजामती सेवा नियमावली संशोधन: कर्मचारीले पीरमर्का र गुनासो राख्न नपाउने
-
गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण