विदेशमा अवैध रूपमा बसिरहेका भारतीय नागरिकबारे के भन्छन् जयशंकर ?
वासिङटन डीसी । भारतीय विदेशमन्त्री एस जयशंकरले बुधबार वाशिंगटन डीसीमा पत्रकार सम्मेलनलाई सम्बोधन गरेका थिए । यस क्रममा उनले विदेशमा अवैध रूपमा बसोबास गरिरहेका भारतीय नागरिकहरूबारे भारतको अडान स्पष्ट पारेका थिए ।
अमेरिका लगायत अन्य देशहरूमा अवैध ढंगले बसोबास गरिरहेका भारतीय नागरिकहरूको न्यायसंगत फिर्तीका लागि भारत तयार रहेको उनले बताए ।
यस मामिलामा भारतको अडान दृढ र सिद्धान्तगत भएको र आफूले यो कुरा अमेरिकी विदेशमन्त्री मार्काे रुबियोलाई स्पष्ट रूपमा भनेको पनि उनले बताए । आफ्ना कुनै नागरिक विदेशमा कानुनी रूपमा बसिरहेका छैनन् र ती व्यक्ति आफ्नै नागरिक हो भन्ने आफू विश्वस्त भएमा न्यायोचित रूपमा उसलाई भारत फर्काउन आफूहरू सधैँ तयार रहेको र अमेरिकाको हकमा पनि स्थिति फरक नहुने जयशंकरले बताए ।
जनवरी २० मा अमेरिकाको राष्ट्रपतिको रूपमा शपथ लिएका ट्रम्पले समय–समयमा अमेरिका आउने आप्रवासीहरूको विरुद्धमा कडा विचार व्यक्त गर्दै आएका छन् । गैरकानूनी रूपमा बसेर आपराधिक गतिविधिमा मुछिएका आप्रवासीहरूलाई ठुला परिमाणमा देश निकाला गर्ने कार्यकारी आदेशमा ट्रम्पले भर्खरै हस्ताक्षर गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ भनिएकाहरूमा पनि तानाशाहीको गन्ध आयो : रक्षा बम
-
पृथ्वी राजमार्गको पहिरो पन्छाइयो, नारायणगढ–काठमाडौँ सडक दुईतर्फी सुचारु
-
पार्टीको औपचारिक निर्देशन नआएसम्म एमालेका मन्त्रीले राजीनामा नदिने
-
डाटा माइग्रेसन र कर मिलान गरिँदै: अति आवश्यकबाहेक यातायात कार्यालय नजान अनुरोध
-
नक्शाल बाल गृहबाट २० बालबालिकाको उद्धार
-
बागमती प्रदेशमा अत्यावश्यक बाहेकका यातायातसम्बन्धी सेवाहरू एक हप्ताका लागि स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण