सिरहाबाट ब्राउन सुगरसहित दुई जना पक्राउ
सिरहा । सिरहा प्रहरीले लागु पदार्थ ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेका छ । सिरहा नगरपालिका–१७ खैटोका भन्सार गेट छेउबाट ब्राउन सुगरसहित उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूको साथबाट ५ ग्राम २ सय मिलिग्राम ब्राउन सुगरसहित गोलबजार नगरपालिका–७ का २५ वर्षीय हृदय सिंह र सोही नगरपालिका–८ का २२ वर्षीय धर्मेन्द्र यादवलाई प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले बताए ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय जनकपुर र इलाका प्रहरी कार्यालय माडर सिरहाबाट खटिएको प्रहरीले भारतको जयनगरबाट माडरतर्फ आउँदै गरेको प्रदेश ३–०३–००१ प. ९८३६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाबुराम भट्टराईको प्रश्न : लोकतन्त्रको हत्या त गरिँदै छैन ?
-
‘सी चिनफिङ: द गभर्नान्स अफ चाइना’ को पाँचौँ खण्डको प्रवर्द्धन कार्यक्रम सम्पन्न
-
राष्ट्रपति पौडेलसँग उपराष्ट्रपति यादवको भेट
-
बीमा दाबी फर्छ्यौट ६ महिनाभित्रै सक्ने प्राधिकरण अध्यक्ष पौडेलको प्रतिबद्धता
-
मुख्यमन्त्री कँडेलले पनि सकेनन् बजेट कार्यान्वयनमा सुधार ल्याउन
-
कंगोमा रहेका अमेरिकी नागरिकको स्वदेश फिर्तीमा अमेरिकाले लगायो रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण