सिरहाबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

सिरहा । सिरहा प्रहरीले लागु पदार्थ ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेका छ । सिरहा नगरपालिका–१७ खैटोका भन्सार गेट छेउबाट ब्राउन सुगरसहित उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूको साथबाट ५ ग्राम २ सय मिलिग्राम ब्राउन सुगरसहित गोलबजार नगरपालिका–७ का २५ वर्षीय हृदय सिंह र सोही नगरपालिका–८ का २२ वर्षीय धर्मेन्द्र यादवलाई प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले बताए ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय जनकपुर र इलाका प्रहरी कार्यालय माडर सिरहाबाट खटिएको प्रहरीले भारतको जयनगरबाट माडरतर्फ आउँदै गरेको प्रदेश ३–०३–००१ प. ९८३६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याली धावककै बर्चस्व
-
बुण्डेस लिगामा बायर्न म्युनिख र बायर लिभरकुजेन गोलविहिन
-
ला लिगामा रियाल र एटलेटिको मड्रिड दुबैलाई ठक्कर, बराबरीले घट्यो अंक दुरी
-
प्रिमियर लिग : आर्सनल जित्दा नटिङघमलाई झट्का
-
प्रिमियर लिगमा म्यान्सिटीको फराकिलो जित, उमरले गरे ह्याट्रिक
-
सात दिन, सातै प्रदेश, सात म्याराथन