अमेरिकामा संविधान संशोधनको तयारी, अनुमोदन भए ट्रम्प तेस्रो पटक राष्ट्रपति पदका दाबेदार
वासिङ्टन डीसी । अमेरिकामा संविधान संशोधनको तयारी भइरहेको छ । यो संशोधन स्वीकृत भयो भने अमेरिकामा एक जना व्यक्ति अधिकतम तीन पटक राष्ट्रपति बन सक्नेछन् । अहिले उही व्यक्ति दुई कार्यकालसम्म मात्रै राष्ट्रपति बन्न पाउने प्रावधान छ ।
यस संवैधानिक संशोधनबाट वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले फाइदा लिन सक्नेछन् । यो ट्रम्पको दोस्रो कार्यकाल हो । हालको कानुन अनुसार उनी तेस्रो पटक राष्ट्रपति बन्न सक्ने छैनन् । तर संविधान संशोधन भयो भने ट्रम्पलाई तेस्रो पटक राष्ट्रपति बन्ने बाटो खुल्नेछ ।
अमेरिकाको सत्तारुढ रिपब्लिकन पार्टीका एक सांसदले अमेरिकी संविधानमा संशोधनको माग गर्दै कांग्रेसमा संयुक्त सदन प्रस्ताव पेश गरेका छन् । संशोधन अन्तर्गत, अमेरिकी राष्ट्रपति तीन पटकसम्म पदमा रहन सक्छन् । वर्तमान राष्ट्रपति ट्रम्पलाई फाइदा पुर्याउने उद्देश्यले यो प्रस्ताव ल्याइएको हो । ‘यो संशोधनपछि, ट्रम्प तेस्रो पटक पनि राष्ट्रपति बन्न सक्षम हुनेछन् र देशलाई बलियो नेतृत्व सुनिश्चित हुन सक्नेछ, जुन हाम्रो देशलाई धेरै आवश्यक छ ।’ प्रस्ताव प्रस्तुत गर्दै सांसद एन्डी ओगल्सले भनेका थिए ।
प्रस्तावित संशोधनमा के छ ?
प्रस्तावित संशोधनमा ‘कुनै पनि व्यक्ति तीन पटकभन्दा बढी राष्ट्रपतिको पदमा निर्वाचित हुन पाउने छैन । तर लगातार दुई कार्यकाल निर्वाचित भएपछि भने कुनै पनि नेताले तेस्रो कार्यकालको लागि दाबी गर्न पाउने छैन । दुई वर्षभन्दा बढी समय राष्ट्रपतिको पद धारण गरेको वा राष्ट्रपतिको रूपमा काम गरेको कुनै पनि व्यक्ति दुई पटकभन्दा बढी राष्ट्रपतिको पदमा निर्वाचित हुन सक्ने छैन ।’ भनेर उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण