एडीबीको ऋण सहयोगमा धरानमा खानेपानीको व्यवस्था हुन्छ : मन्त्री यादव
काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवले सुनसरीको धरानवासीलाई खानेपानीको व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । शुक्रवार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री यादवले एसियाली विकास बैङ्क (एडीबी) को सहयोगमा खानेपानीको व्यवस्थापन गर्ने बताएका हुन् । उनले धरानको खानेपानी व्यवस्थापन गर्न करिब ६ अर्ब रुपैयाँ लाग्ने पनि बताए ।
‘सरकार नेपाली जनतालाई खानेपानी दिन आतुर छ’, मन्त्री यादवले भने, ‘प्रधानमन्त्रीले मलाई बोलाएर धरानका बारेमा तयार गर्नु भन्नुभयो । माननीय अशोक राईले पनि धरानको खानेपानीको समस्याका बारेमा भन्नुभयो ।’ धरानमा खानेपानीको लागि करिब ६ अर्ब रुपैयाँ लाग्ने भन्दै अर्थमन्त्रीसँगको छलफलमा एडीबीको ऋण सहयोगमा व्यवस्थापन गर्ने कुराकानी भएको बताए ।
‘धरानमा अलिकति जग्गा समस्या छ’, मन्त्री यादवले भने, ‘जग्गा मिलाउने काम स्थानीय निकायले गर्छ । त्यसो भएकाले हर्कजीले जग्गाको काम गर्नुहुन्छ त्यसपछि हामीले पानीको व्यवस्थापन गर्छौ’, मन्त्री यादवले एडीबीसँग कुराकानी समेत भइसकेको बताए ।
मन्त्री यादवले यसअघिका मेयरका कारण पनि धरानका जनताले खानेपानीमा समस्या भोग्नुपरेको बताए ।
‘यो भन्दा पहिलाको मेयरले बहादुरी देखाउनुभयो । खानेपानी संस्थानबाट पानी लिन्न, आफैँ पानी ल्याउँछु भनेर बहादुरी देखाउनु भएर सबै अधिकार आफैँ लिनुभयो । हाइज्याक गर्नुभयो । तर सक्नुभएन’, उनले भने, ‘अहिलेको मेयरले पनि पानी ल्याउने प्रयास गर्नुभयो । अस्थायी रूपमा अलिअलि ल्याउनुभयो तर त्यसले पुगेन ।’
केही दिनअघि धरानको खानेपानी समस्या समाधान गर्न मेयर हर्क साङपाङ रित्तो गाग्रीसहित सङ्घ सरकारलाई दबाब दिन काठमाडौँ आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण