हर्क साङपाङको अख्तियारलाई जवाफ : को हो त्यो बुझेर लेखिपठाउनु !
काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दोस्रो जवाफ पठाएका छन् ।
शुक्रवार राईले अख्तियारले माघ २ गते गरेको सोधपुछको जवाफ फर्काउँदै धरानको खानेपानी बोर्ड स्वायत्त निकाय भएको र बोर्डले नगरवासीलाई पानीको आपूर्ति गर्न सवै खाले विधि अपनाउन सक्ने बताएका छन् । साथै उनले खानेपानीको काम गर्दा उजुरी हाल्नेले कति वटा पाइप किनेर ल्यायो भनेर प्रश्न गरेका छन् ।
‘त्यो वाहियात उजुरी लाउने मान्छेले कति वटा पाइप किनेर दियो ? कति दिन श्रमदान गर्यो ? को हो त्यो ? बुझेर लेखिपठाउनुहोला’, हर्कले अख्तियारलाई भनेका छन् । उनले पानी भनेको विकास नभई जीवनको आधारभूत आवश्यकता भएको भन्दै श्रमदान अभियानको खेदो नखन्न आग्रह समेत गरेका छन् ।
‘श्रमदान अभियानको खेदो नखन्नु है नखन्नु तिर्खाएका मानिसहरूको श्राप लाग्ला’, उनले भनेका छन्, ‘पानीमा राजनीति गर्नुहुँदैन । पानी माग्न जनता त्यता हाउलान् है फेरि ।’ मेयर राईले यसअघि पनि अख्तियारलाई जवाफ पठाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण