राप्रपा बैठकमा धवलशमशेरको कटाक्ष : बिरामी भयो कि पद गुम्ने डर भयो !

काठमाडौँ । राप्रपाका महामन्त्री डा धवलशमशेर राणाले बिरामी भएको बेलामा आफूलाई संगठन विभाग प्रमुखको जिम्मेवारीबाट हटाइएको भन्दै कटाक्ष गरेका छन् ।
शुक्रबारदेखि राजधानीमा सुरु भएको केन्द्रीय समिति बैठकमा आफ्नो राजनीतिक विचार प्रस्तुत गर्दै राणाले बिरामी भएको बेलामा मानवीयताको समेत ख्याल नगरी जिम्मेवारी खोसिएको भन्दै अध्यक्ष राजेन्द्र लिङ्देनप्रति कटाक्ष गरेको एक नेताले बताए ।
उनले भने, ‘पछिल्लो घटनाक्रम जस्तो पार्टीमा बिरामी हुनै नपाइने, अस्पताल भर्ना भयो कि कारबाही हुने जस्ता साँघुरो मनोवृत्ति नजिर बने राप्रपामा महामन्त्री मात्र होइन, अध्यक्ष, अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यहरू बिरामी हुनासाथ पद गुम्ने व्यवस्था नियमित हुनेछ ।’
उनले आफूलाई हठात् संगठन विभाग प्रमुखबाट हटाइनु मानवीय, राजनीतिक र वैधानिक कुनै पनि दृष्टिबाट न्यायोचित नभएको समेत बताएको ती नेताको भनाइ छ । केही महिनाअघि राणा उपचारका लागि भारत गएको बेला अध्यक्ष लिङ्देनले उनलाई संगठन विभाग प्रमुखबाट हटाएर उपाध्यक्ष बुद्धिमान तामाङलाई जिम्मेवारी दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहीबार आज कसलाई कति लाभ ? हेरौं राशिफल
-
विदेशी मुद्राको भाउ : कसको मूल्य कति ?
-
प्रिमियर लिगमा लिभरपुललाई घाटा, एभर्टनले अंक खोस्यो
-
माथिल्लो त्रिशूली जलविद्युत् प्रभावितलाई सामाजिक उत्तरदायित्वको १७ करोड
-
रुसी राष्ट्रपति पुटिनसँग फोन वार्तापछि युक्रेन युद्धबारे के भने ट्रम्पले ?
-
नगरको नारा, ‘एक घर एक धारा’