राप्रपा बैठकमा धवलशमशेरको कटाक्ष : बिरामी भयो कि पद गुम्ने डर भयो !
काठमाडौँ । राप्रपाका महामन्त्री डा धवलशमशेर राणाले बिरामी भएको बेलामा आफूलाई संगठन विभाग प्रमुखको जिम्मेवारीबाट हटाइएको भन्दै कटाक्ष गरेका छन् ।
शुक्रबारदेखि राजधानीमा सुरु भएको केन्द्रीय समिति बैठकमा आफ्नो राजनीतिक विचार प्रस्तुत गर्दै राणाले बिरामी भएको बेलामा मानवीयताको समेत ख्याल नगरी जिम्मेवारी खोसिएको भन्दै अध्यक्ष राजेन्द्र लिङ्देनप्रति कटाक्ष गरेको एक नेताले बताए ।
उनले भने, ‘पछिल्लो घटनाक्रम जस्तो पार्टीमा बिरामी हुनै नपाइने, अस्पताल भर्ना भयो कि कारबाही हुने जस्ता साँघुरो मनोवृत्ति नजिर बने राप्रपामा महामन्त्री मात्र होइन, अध्यक्ष, अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यहरू बिरामी हुनासाथ पद गुम्ने व्यवस्था नियमित हुनेछ ।’
उनले आफूलाई हठात् संगठन विभाग प्रमुखबाट हटाइनु मानवीय, राजनीतिक र वैधानिक कुनै पनि दृष्टिबाट न्यायोचित नभएको समेत बताएको ती नेताको भनाइ छ । केही महिनाअघि राणा उपचारका लागि भारत गएको बेला अध्यक्ष लिङ्देनले उनलाई संगठन विभाग प्रमुखबाट हटाएर उपाध्यक्ष बुद्धिमान तामाङलाई जिम्मेवारी दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदी अरबमाथि हुथीद्वारा समुद्री नाकाबन्दी घोषणा
-
प्रोटोनको नयाँ विद्युतीय एसयूभी ‘ई.मास ५’ नेपालमा सार्वजनिक,मूल्य कति ?
-
सीजेपीको प्रदर्शनपछि अभिजीत दीपकेले समर्थकहरूसँग मागे माफी
-
सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
आगामी पाँच वर्षको खाका : तेस्रो वर्षसम्म गति, चौथो र पाँचौँ वर्षमा जनतालाई प्रतिफल
-
यी भाँडाकुँडामा राखिएको खानेकुरा खानुहुन्छ ? निम्त्याउला है रोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण