टाइगर कप भोलिदेखि, उद्घाटनमा एपिएफ र ट्राभल इन्क्वारीबिच प्रतिस्पर्धा
पोखरा । पाँचौँ संस्करणको टाइगर कप भलिबल प्रतियोगिता भोलिदेखि सुरु हुँदैछ । प्रतियोगिताको ट्रफी शुक्रबार एक कार्यक्रमका बिच पोखरा रंगशालामा सार्वजनिक गरिएको छ ।
गण्डकी प्रदेशका खेलकुदमन्त्री विन्दुकुमार थापाले ट्रफी सार्वजनिक गर्दै खेल क्षेत्रको उन्नयनका लागि प्रदेश सरकारको प्राथमिकता रहेको सुनाए ।
शनिबारबाट हुने प्रतियोगिताको उद्घाटन खेल महिलातर्फ डिफेन्डिङ च्याम्पियन सशस्त्र प्रहरी बल (एपिएफ) र ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब, थाइल्यान्डबिच हुने भएको छ । शुक्रबार सार्वजनिक भएको तालिकाअनुसार शनिबार बिहान १० बजेबाट खेल सुरु हुनेछ ।
पहिलो दिन हुने तीन वटै खेल महिलातर्फ हुने आयोजकले जनाएको छ । दोस्रो खेलमा टिपटप न्यू डायमन्ड स्पोर्टस् क्लबले नेपाल पुलिस क्लबको सामना गर्नेछ भने अन्तिम खेल आयोजक टोली र त्रिभुवन आर्मी क्लबबिच हुने प्रतियोगिता संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिए ।
प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ । प्रतियोगितामा २ विदेशी टोलीसहित ६–६ टोलीले सहभागिता जनाएका छन् । विदेशी टोलीका रूपमा महिलातर्फ युनाइटेड प्यासन भलिबल क्लब, थाइल्यान्ड र पुरुषतर्फ भारतको सुनिल भलिबल क्लब, कुरुक्षेत्रको टिम सहभागी हुने छन् । पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लब, गण्डकी प्रदेश भलिबल संघ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लबले सहभागिता हुँदैछन् । पुरुषतर्फको विदेशी टीम अझै फाइनल भएको छैन ।
महिलातर्फ सहभागी टोलीमा नेपाल एपिएफ क्लब, टिपटप न्यू डायमन्ड स्पोर्टस् क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र टाइगर ग्रुप अफ पोखरा नेपाल छन् । प्रतियोगिताका विजेता टोलीले समान ५ लाख ८५ हजार ५५५ रुपैयाँ पाउनेछन् । उपविजेताले समान २ लाख ८५ हजार ५५५ र तृतीय हुने टोलीले १ लाख ८५ हजार ५५५ रुपैयाँ पाउने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार ७७७ रुपैयाँ प्राप्त गर्नेछन् । विधागततर्फ उत्कृष्ट हुनेलाई समान १० हजार ५५५ रुपैयाँ प्रदान गरिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण