हर्क साम्पाङप्रति महेश बस्नेतको टिप्पणी : अख्तियारले बयानमा बोलाएपछि विछिप्त भए
काठमाडौँ । नेकपा एमालेका युवा नेता महेश बस्नेतले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई उट्पाट्याङ जवाफ दिएको बताएका छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत बस्नेतले सो आरोप लगाएका हुन् ।
बस्नेतले साम्पाङ अख्तियारले अनुसन्धानको क्रममा बयानमा बोलाएकोले विक्षिप्त भएको समेत बताएका छन् । उनले भनेका छन् : ‘मेयर राईले यसअघि पनि अख्तियारलाई जवाफ पठाएका थिए ।
अख्तियारले अनुसन्धानको क्रममा बयानमा बोलाएकोले उनी विक्षिप्त भएका छन्।’
बस्नेतले श्रमदानका नाममा भ्रष्टाचार गरेर भावनात्मक र उत्तेजनात्मक जवाफ दिएर पन्छिन खोज्ने साम्पाङको प्रवृत्ति पानीमाथिको ओभानो भएजस्तै भएको भन्दै कटाक्षसमेत गरेका छन् । नेता बस्नेतले साम्पाङले उट्पाट्याङ जवाफ दिएर त्यसको ब्यहोरा आफैँले फेसबुकमा सार्वजनिक गरेको आरोप समेत लगाएका छन् ।
यस्तो छ बस्नेतको स्टाटस्-
अख्तियारलाई धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ ले उट्पाट्याङ जवाफ दिएर त्यस्को ब्यहोरा आफैले फेसबुकमा सार्वजनिक गरेका छन् । श्रम संस्कृति पार्क निर्माण, खानेपानी आयोजनाहरू निर्माण र सुम्निमा पारुहाङको मुर्ती निर्माणमा अख्तियारको दुरुपयोग गरेको र अनियमितता भएको भन्दै उनी विरुद्ध परेको उजुरी अख्तियारले केही महिनायता अनुसन्धान गरिरहेको छ ।
आफूले अख्तियारलाई पठाएको जवाफ हर्कले फेसबुकमा राखेका छन्।
‘विहान उठ्ने वित्तिकै टोइलेट जानु पर्छ टोइलेटमा पानी छैन भने के हुन्छ त्यो भनिरहन पर्दैन होला केही छिन पछि भात पकाउनु परो । भात पकाउन पानी चाहिन्छ । भात खाए पछि हातमुख चुठ्नु परो त्यसको लागि नि पानी चाहिन्छ । जुठोभाँडा लडाइराख मिलेन धुनै परो त्यसको लागि नि पानी नै चाहिन्छ । फोहोर लुगा लगाएर भएन धुनै परो । लुगा धुन नि पनि नभैनहुने ! स्वास्थ्य रहनलाई प्रशस्त पानी पिउनु पर्छ र दैनिक नुहाउनु पर्छ भन्छ केही नजान्ने who ले’ उनले जवाफमा भनेका छन्
‘श्रमदान अभियानको खेदो नखन्नु है नखन्नु तिर्खाएका मानिसहरूको श्राप लाग्ला’, उनले भनेका छन्, ‘पानीमा राजनीति गर्नुहुँदैन । पानी माग्न जनता त्यता हाउलान् है फेरि ।’ मेयर राईले यसअघि पनि अख्तियारलाई जवाफ पठाएका थिए ।
अख्तियारले अनुसन्धानको क्रममा बयानमा बोलाएकोले उनी विक्षिप्त भएका छन्। श्रमदानका नाममा भ्रष्टाचार गरेर भावनात्मक र उत्तेजनात्मक जवाफ दिएर पन्छिन खोज्ने उनको प्रवृत्ति पानीमाथिको ओभानो भए जस्तै हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
३ प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण