लुम्बिनी प्रदेशले अब जनशक्तिको अभाव भोग्नुपर्ने छैन : मुख्यमन्त्री आचार्य

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिद मनोज-उपेन्द्र-सुरेन्द्रकाे सालिक अनावरण गरेका छन् । नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति अर्घाखाँचीले सन्धिखर्क नगरपालिका-६ नरपानीमा स्मृति पार्क सँगै सालिक निर्माण गरेको हो ।
सहिदको सालिक अनावरण गर्दै मुख्यमन्त्री आचार्यले परिवर्तन र समानताका लागि दिएको बलिदानीले मुलुकलाई नयाँ गन्तव्यमा लगेको बताए । उनले मुलुकको विकास र समृद्धिका लागि सहिदहरूले देखेका सपना पुरा गर्न सरकार प्रतिबद्ध रहेको जिकिर गरे ।
सहिद पार्क निर्माण गरेर सहिदहरूको योगदानलाई स्मरणीय र पुस्तान्तरण गर्न सहयोग पुगेको उनको भनाई थियो । सहिदहरूप्रति सच्चा सम्मान र देशभक्तिको भावना जागृत गराउन सरकारले भूमिका बढाएको बताउँदै सहिद पार्क र सालिक निर्माणबाट सहिदको योगदानलाई जीवन्त राख्न र नयाँ पुस्तालाई प्रेरणा दिन सकिएको बताएका हुन् ।
सो अवसरमा लुम्बिनी प्रदेश सरकार जनशक्ति व्यवस्थापनको काममा सफलता प्राप्त गर्ने दिशामा अघि बढेको बताए । प्रदेश निजामती सेवा ऐन र स्थानीय निजामती सेवा ऐनले कर्मचारी व्यवस्थापन, परिचालन र वृत्ति विकासमा योगदान पुगेको उल्लेख गरे ।
उनले प्रदेशमा चार हजार ७८ कर्मचारीको दरबन्दी मध्य एक हजार ९ सय कर्मचारी पदपूर्तिका लागि प्रदेश लोकसेवा आयोगले आफ्नो काम अघि बढाएकाले अब प्रदेशमा जनशक्तिको अभाव नहुने बताए । आचार्यले चालू आर्थिक वर्षमा प्रदेशबाट विनियोजन भएका बजेट तथा कार्यक्रमको कार्यान्वयन र अनुगमनलाई स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारी तहबाट पनि ध्यान दिन आग्रह गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ वर्षदेखि चिकित्सकको पर्खाइमा सर्पदंश उपचार केन्द्र
-
पाकिस्तानमा भारतीय आक्रमणबारे राष्ट्रपति ट्रम्पको प्रतिक्रिया: यो दुःखद हो
-
भारतले पाकिस्तानमाथि आक्रमण गर्नुको कारण के हो ?
-
आज कुन देशको मुद्राको विनिमयदर कति ? (सूचीसहित)
-
पाकिस्तानले भन्यो- भारतीय आक्रमणबाट तीन स्थानहरू प्रभावित
-
मध्यरातमा भारतद्वारा पाकिस्तानमा 'एयर स्ट्राइक', ९ स्थानलाई लक्षित