निकोनको जेड ५० टू क्यामेरा नेपाली बजारमा
काठमाडौँ । भ्लगर, कन्टेन्ट क्रियटर्स, ट्राभलर र इन्ट्री लेभलको फोटोग्राफरहरूलाई मध्यनजर गरि निकोन एक्सपेरिएन्स हब, नेपालले निकोनको जेड ५० टू क्यामेरा नेपाली बजारमा ल्याएको छ।
२०२४ नोभेम्बरमा म्यानुफ्याचरिङ गरिएको सो क्यामरा निकोन एम।ई।ए का बिक्री तथा माक्रेटिङका क्षेत्रीय प्रमुख नरेन्द्र मेनन र निकोन एक्सपेरिएन्स हब, नेपालका प्रमुख लगायत विभिन्न फोटोग्राफर, भ्लगर र कन्टेट क्रियटरहरुको उपस्थितिमा शुक्रबार सार्वजनिक गरिएको हो ।
निकोनको फ्याक्सीड क्यामरा (५ लाख भन्दा बढी मूल्य पार्ने क्यामरा) मा रहेको विशेषताहरू यस क्यामरामा रहेको कम्पनीको भनाई छ । फोटो र भिडियो दुवै खिँच्नका उपयुक्त रहेको सो क्यामराको अटोफोकस, भिडियो फिचर्स, अर्टीकुलेट एलसिडि सँगै मोबाईल फोनमा सिधै जोडेर वेब क्यामराको रूपमा पनि प्रयोग गर्न सकिने जस्ता विशेषता रहेको छ ।
सो क्यामराको मूल्य नेपाली बजार लेन्ससँग (जेड ५० टु र १६–५० एमएम) गरि १ लाख ७५ हजार रुपैयाँ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण