निकोनको जेड ५० टू क्यामेरा नेपाली बजारमा

काठमाडौँ । भ्लगर, कन्टेन्ट क्रियटर्स, ट्राभलर र इन्ट्री लेभलको फोटोग्राफरहरूलाई मध्यनजर गरि निकोन एक्सपेरिएन्स हब, नेपालले निकोनको जेड ५० टू क्यामेरा नेपाली बजारमा ल्याएको छ।
२०२४ नोभेम्बरमा म्यानुफ्याचरिङ गरिएको सो क्यामरा निकोन एम।ई।ए का बिक्री तथा माक्रेटिङका क्षेत्रीय प्रमुख नरेन्द्र मेनन र निकोन एक्सपेरिएन्स हब, नेपालका प्रमुख लगायत विभिन्न फोटोग्राफर, भ्लगर र कन्टेट क्रियटरहरुको उपस्थितिमा शुक्रबार सार्वजनिक गरिएको हो ।
निकोनको फ्याक्सीड क्यामरा (५ लाख भन्दा बढी मूल्य पार्ने क्यामरा) मा रहेको विशेषताहरू यस क्यामरामा रहेको कम्पनीको भनाई छ । फोटो र भिडियो दुवै खिँच्नका उपयुक्त रहेको सो क्यामराको अटोफोकस, भिडियो फिचर्स, अर्टीकुलेट एलसिडि सँगै मोबाईल फोनमा सिधै जोडेर वेब क्यामराको रूपमा पनि प्रयोग गर्न सकिने जस्ता विशेषता रहेको छ ।
सो क्यामराको मूल्य नेपाली बजार लेन्ससँग (जेड ५० टु र १६–५० एमएम) गरि १ लाख ७५ हजार रुपैयाँ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले सचिवालय बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?
-
नवनियुक्त राज्यमन्त्रीको शपथ ग्रहण आज
-
वर्षाले नारायणघाट–बुटवल सडक र कान्ति लोकपथ अवरुद्ध
-
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
प्राधिकरणको श्वेतपत्र : कहाँ मिलेन हितेन्द्र र कुलमानको हिसाब ?
-
सरकारसँगको सहमतिप्रति स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल सङ्घर्ष समितिको आपत्ति