राष्ट्रिय युवा संघ नेपालको राष्ट्रिय कार्यकर्ता भेला सुरु, तस्बिरहरू
काठमाडौँ । सत्तारुढ दल नेकपा (एमाले) को जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपालको राष्ट्रिय कार्यकर्ता भेला शनिबार सुरु भएको भएको छ । संघले संगठनलाई नयाँ र परिस्कृत ढंगले लैजानको लागि ७७ वटै जिल्लाबाट उपस्थित प्रतिनिधिको उपस्थितिमा विशेष रणनीति बनाउने छ ।
_KCZKnkS00i.jpg)
भेलामार्फत संघले वर्तमान समयमा युवालाई विदेश पलायन हुनबाट रोकी स्वदेशमा नै रोजगारी तथा आत्मनिर्भर बनाउने विभिन्न उपायहरू खोज्ने बताएको छ । संघले आगामी दिनमा शिक्षा, रोजगार, उद्यमशीलता तथा सामाजिक न्याय, समावेशिता र नवनितामा आधारित योजनाहरू तर्जुमा गर्दै युवालाई नीति निर्माणमा सहभागी गराउने रणनीति बनाउने पनि जानकारी दिएको छ ।
_CzSIfPgEpx.jpg)
भेलाको लागि करिब १७ सय ५० जनाभन्दा बढी प्रतिनिधिहरू उपस्थित हुने संघले जनाएको छ । प्रतिनिधिहरुमा केन्द्रीय कमिटी, केन्द्रीय आयोग, केन्द्रीय विज्ञ परिषद्, केन्द्रका ३५ विभागबाट पाँच पाँचजना, आठ वटा प्रदेश कमिटीका पदाधिकारी, साइवर सर्कल विभाग प्रमुख, विज्ञ युवा परिषद् प्रमुख, महिला विभाग प्रमुख, युथफोर्स विभाग प्रमुख तथा प्रचार विभाग प्रमुख, ७७ जिल्ला कमिटीका पदाधिकारी, जिल्ला कमिटीको साइवर सर्कल विभाग प्रमुख, विज्ञ युवा परिषद् प्रमुख, महिला विभाग प्रमुख, युथफोर्स विभाग प्रमुख तथा प्रचार विभाग प्रमुख तथा काठमाडौँ उपत्यकाका सम्पूर्ण पालिका अध्यक्षहरू प्रतिनिधि हुने संघका प्रवक्ता निरोज पौडेलले जानकारी दिए ।
_DYhkHV8JUk.jpg)
_dm16FKTdFP.jpg)
_sS7tA71UzG.jpg)
_bDS1stAfoL.jpg)
_puN2Pof3mg.jpg)
_o73myCXkND.jpg)
_Qp8lyg1U8Q.jpg)
_UmsxZQen8Y.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण