हमासद्वारा चार इजरायली बन्धक रिहा
शनिबार, १२ माघ २०८१, १६ : १४
गाजा । हमासले चार इजरायली बन्धकहरूलाई रेडक्रसलाई सुम्पेको छ। यी चारै जना महिला हुन् ।
प्यालेस्टिनी गाडीबाट ओर्लिएपछि यी महिलालाई मञ्चमा ल्याइएको थियो । हमासले यी चार जना इजरायली सैनिक भएको बताएको छ जसको नाम करिना एरिभ, ड्यानिएला गिल्बोआ, लेवी र लिरी अल्बाग रहेको छ।
बन्धकहरूलाई रिहा गरेपछि तेल अभीभमा खुसीको वातावरण छ। यहाँ परिवारका सदस्यहरू घण्टौँसम्म आफ्ना प्रियजनको पर्खाइमा उभिएका थिए।
इजरायली मिडियाका रिपोर्टहरूका अनुसार बन्धकहरूका परिवारहरू आफ्ना प्रियजनहरूलाई स्वागत गर्न गाजा सीमामा पर्खिरहेका छन्। सीमामा पुगेपछि इजरायली वायुसेनाले बन्धकहरूलाई जिम्मामा लिनेछ। सिमानामा बन्धकहरुका लागि हेलिकप्टर तयार छ ।
इजरायलले हमाससँगको सम्झौता अनुसार प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण