सूर्य नेपाल वेस्टर्न ओपन प्रो-एमको उपाधि प्रो सञ्जयको टिमलाई
पोखरा । सूर्य नेपाल वेस्टर्न ओपन अन्तर्गत प्रो-एमको उपाधि प्रो सञ्जय लामाको टिमले जितेको छ।
कुल १४८ स्कोर जोड्दै सञ्जयको टिम पहिलो भएको हो। प्रो सञ्जयले ३४, युवा एमेच्योर ड्यानियल बानियाले ३९, दीप्सन लामा र मनिष शेरचनलले समान ३६ स्कोर गरे।
प्रो जयराम श्रेष्ठको टिम कुल १३५ स्कोरका साथ दोस्रो भयो। जयरामले ३५ तथा एमेच्योर लिलाजङ्ग गुरूङले ३४, तथा श्याम तामाङ र विश्व गुरूङले समान ३३ स्कोर गरे।
प्रो भुवन नगरकोटीको टिम १३० स्कोरमा तेस्रो भयो। भुवनले ३४ स्कोर गर्दा एमेच्योर खेलाडीहरु राजेन्द्र गौचन, बलराम थापा र राजु थकालीले समान ३२/३२ अंक जोडे।
महिलातर्फको उत्कृष्ट कार्ड गीता गुरूङले बनाइन्। उनले ३० स्कोर गरिन्। लङगेस्ट ड्राइभको उपाधि पेम्बा शेर्या र क्लोजेस्ट टु दी पिनको उपाधि बलराम थापाले जिते।
प्रो-एम ईभेन्टमा आज २० प्रोफेसनल गल्फर सहित कुल ९० खेलाडीले भाग लिएका थिए। विजयी खेलाडीहरुलाई नेपाल गल्फ संघका वरिष्ठ उपाध्यक्ष पवित्र कुमार कार्की, हिमालयन गल्फ कोर्सका निर्देशक किरण केसी, गण्डकी प्रदेश गल्फ संघका अध्यक्ष इन्द्र धारा विष्ट र कास्की गल्फ संघका अध्यक्ष जिवा राम गुरूङले पुरस्कार प्रदान गरे।
हिजो सम्पन्न भएको सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि निरज तामाङले जिते। ५४-होलको प्रतियोगितामा निरजले १-अन्डर २०६ सहित उपाधि हात पारेका हुन्।
२-ओभर २०९ सहित जयराम श्रेष्ठ दोस्रो तथा ३-ओभर २१० स्कोरमा भुवन कुमार रोक्का तेस्रो भए। जयरामले १ लाख प्राप्त गरे तथा भुवनले ७५,००० जिते। कूल २ लाख ८८ हजार पुरस्कार राशि रहेको प्रतियोगितामा ३४ प्रो र १८ एमेच्योर खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुट्टाछुट्टै सडक दुर्घटनामा चार जनाले ज्यान गुमाए, दुई घाइते
-
१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
-
घरेलु कामदारका रूपमा महिलालाई अवैध रूपमा खाडी पठाउने ६ जना पक्राउ, ३१ लाख नगद बरामद
-
मानव अधिकार आयोगको प्रतिवेदन बदनियतपूर्ण रहेको एमालेको निष्कर्ष, भूतप्रभावी कानुन बनाउने सिफारिसमा आपत्ति
-
संविधान संशोधन गर्दा मूल संरचनालाई कुनै पनि हालतमा खण्डित गर्न हुँदैन : रेग्मी
-
क्युबाका राष्ट्रपतिमाथि अमेरिकाले लगायो प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण