एमाले नेतृत्वको सरकार बनेपछि अर्थतन्त्रमा सुधार भएको छ : अर्थमन्त्री पौडेल
विराटनगर । सङ्घीय सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले एमाले नेतृत्वको सरकार निर्माण पश्चात् मुलुकको अर्थतन्त्रमा सुधार आउन सुरु भएको बताएका छन् ।
उद्योग सङ्गठन मोरङको आयोजनामा शनिवारदेखि विराटनगरमा सुरु भएको विराट एक्स्पो २०२५ को उद्घाटन समारोहमा उनले यस्तो बताएका हुन् । राजनीति दुरुस्त नभई अरू कुनै क्षेत्रमा सुधार नहुने बुझेर नै एमाले र कांगे्रस मिलेर बनेको सरकारले राजनीतिलाई दुरुस्त बनाएकाले त्यसकै प्रभावले अर्थतन्त्रमा सकारात्मक सुधार आएको उनको दाबी थियो ।
उत्पादन, रोजगारी, बैङ्कको तरलता, ब्याजदर, वैदेशिक मुद्रा सञ्चिती जस्ता सबै आर्थिक परिसूचकहरूमा सकारात्मक नतिजाहरू हासिल गरेको बताउँदै उनले अझ गतिशील ढङ्गले अर्थतन्त्रलाई चलायमान बनाउन र आर्थिक क्षेत्रका समस्यालाई समाधान गर्न सरकारले प्रभावकारी कदम चालिरहेको बताए ।
सरकारले सातै प्रदेशमा एक/एक हजार विगाहमा औद्योगिक क्षेत्र निर्माण गरिरहेको बताउँदै उनले मोरङमा पनि औद्योगिक क्षेत्र निर्माणका लागि जग्गाको खोजी गर्न आग्रह गरे । साथै प्रदर्शनीस्थल निर्माणमा पनि सरकारले सहयोग गर्ने बताउँदै सम्भावित स्थानको खोजी गर्न अनुरोध गरे ।
‘मुलुकलाई एक थान सरकार दिनकालागि मात्रै यो सरकार बनाएको हैन । नागरिकमा परेको निराशा चिर्न, उत्पादन र लगानीमा बृद्धि गर्दे उत्पादन तथा उत्पादकत्वमा वृद्धि ल्याएर रोजगारी सिर्जना गर्नका लागि सरकार बनेको हो,’ पौडेलले भने, ‘कुरेर बस्ने र नियमित ढङ्गको काम गरेर बस्ने पक्षमा सरकार छैन । त्यसैले महत्त्वपूर्ण अध्यादेश ल्याएको हो ।’
उनले सुशासन र सेवा प्रवाहको क्षेत्रमा देखिएका समास्या समाधान गर्दै प्रभावकारी बनाउन अर्थतन्त्रलाई गतिशील र चलायमान बनाउन विद्यमान कानुनमा देखिएका अवरोधहरूलाई हटाउने उद्देश्यले एक साथ अध्यादेशबाट २९ कानुन संशोधन गरेको बताए ।
कार्यक्रममा बोल्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भारतसँग सिमाना जोडिएको नेपालको सीमावर्ती क्षेत्रको बजारलाई गुलजार बनाउन सरकारले आवश्यक नीति बनाउनुपर्ने बताए । उद्योग सङ्गठन मोरङका अध्यक्ष राकेश सुरानाले पूर्वमा उद्योग सञ्चालन गर्न दक्ष जनशक्तिको अभाव रहेकोले विदेशी लगानी भित्रिन छोडेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण