एमाले मोरङको जिल्ला अधिवेशन फागुनमा
विराटनगर । नेकपा एमाले मोरङको जिल्ला अधिवेशन आगामी फागुनमा हुने भएको छ । मोरङ जिल्ला सङ्गठन कमिटीको शुक्रवार बसेको सचिवालय बैठकले अधिवेशनको मिति तय गरेको हो ।
फागुन १७, १८ र १९ गते अधिवेशन गर्ने गरी मिति तय भएको सङ्गठन कमिटीका सचिव रविन थापाले जानकारी दिए । बैठकले सङ्गठनका गतिविधि टोल टोलसम्मै पुर्याउने निर्णयसमेत गरेको छ ।
एमाले मोरङका तत्कालीन अध्यक्ष एवं प्रतिनिधिसभाको लेखा समितिका सभापति ऋषिकेश पोखरेलले अध्यक्ष पद छाडेपछि गत जेठ १८ गते बाबुराम कार्की नेतृत्वमा सङ्गठन कमिटी बनेको थियो ।
पाटी भित्र आन्तरिक विवाद बढ्दै गएपछि एमालेको अधिवेशन हुन सकेको थिएन । पार्टीको विधानले तोकिदिएको अवधि भने सङ्गठन कमिटीले समेत अधिवेशन गर्न सकेको थिएन । सङ्गठन कमिटी बनेको ६ महिना भित्रमा अधिवेशन गराउनु पर्ने एमालेको विधानमा उल्लेख छ ।
पछिल्लो समय मोरङ एमालेमा दुई समूह देखिएपछि अधिवेशन रोकिएको हो । निवर्तमान राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली पक्षबीच मोरङमा शक्ति सङ्घर्ष उत्कर्षमा छ ।
२०८० असोज १२–१३ गते कोशी प्रदेशको अधिवेशनमा समेत दुई समूह बनाएर नै प्रतिस्पर्धा गरेका थिए । प्रदेश अध्यक्षमा ओली पक्षले घनश्याम खतिवडालाई साथ दिएका थिए भने भण्डारी समूहले ढकाल समूहलाई समर्थन गरेका थिए ।
विराटनगर महानगरका तत्कालीन अध्यक्ष सागर थापासहितका ढकाल निकटका नेताहरूलाई कारबाही गरेपछि एमालेको विवाद सतहमा आएको थियो । त्यसपछि अधिवेशनको मिति तय गर्न एमालेलाई हम्मे–हम्मे परेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण