नेपाल–चीन सुरक्षाकर्मीद्वारा सीमा क्षेत्रमा संयुक्त अनुगमन
हुम्ला । नेपाल र चीनका सुरक्षाकर्मीले हुम्लाको उत्तरी सीमा क्षेत्रको संयुक्त अनुगमन गरेका छन् । उत्तरी नाम्खा गाउँपालिका–५ हिल्साको किट क्षेत्रमा पर्ने सीमानाकाको शनिबार अनुमगन गरिएको हो ।
दुई देशका सुरक्षाकर्मीको निर्णयानुसार हिल्सास्थित किट क्षेत्रमा पर्ने सिमाना र सीमास्तम्भको संयुक्त अनुमगन गरिएको सशस्त्र प्रहरी बल सीमा सुरक्षा चौकी हिल्साका प्रमुख सशस्त्र प्रहरी निरीक्षक कृष्णबहादुर ओझाले बताए । हिल्सादेखि किटसम्म अत्याधिक चिसो रहेको जनाइएको छ । सीमानाकामा अवाञ्छित घटना हुन नदिन, सीमास्तम्भको अवस्था बुझ्न र सुरक्षाकर्मीबीच एकापसमा समन्वय बढाउन संयुक्त अनुगमन गरिएको सशस्त्र प्रहरी ४४ नम्बर गुल्म सिमकोटका सशस्त्र प्रहरी नायब उपरीक्षक देवराज राईले जानकारी दिए ।
त्यसैगरी, हिल्साबाट नारा र लिमीतर्फ पनि नेपाली सुरक्षाकर्मीले गस्ती गर्ने कार्य गर्दै आएका छन् । टोलीमा चीनको तर्फबाट चिनीयाँ सुरक्षाकर्मी र नेपालबाट सशस्त्र प्रहरी बल र जनपद प्रहरीको सहभागिता थियो ।
विसं २०७७ मा उत्तरी सीमा हिल्सानाकामा सशस्त्र प्रहरी बल स्थापना भएदेखि सीमा सुरक्षामा खटिँदै आएको छ । हिउँदयाममा उत्तरी नाम्खामा हिमपात भएर यारी, हिल्सा आवतजावत बन्द हुने भए पनि बाह्रै महिना सीमा सुरक्षामा खटिदै आएको सशस्त्र प्रहरी नायब उपरीक्षक राईले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक
-
पछिल्लो तीन महिनामा काठमाडौँ जिल्ला अदालतमा ९९ प्रतिशत म्याद तामेली
-
निर्माणाधीन पानी ट्याङ्कीभित्र मृत फेला परेका दुई जनाको पहिचान खुल्यो
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण