हवाई टिकट घट्दा ईपीएसमार्फत कोरिया जाने प्रति श्रमिकको ७३ हजार जोगियो
काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जाने श्रमिकको हवाई भाडा घटेसँगै प्रतिश्रमिक ७३ हजार रुपैयाँ जोगिएको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्यबहादुर खत्रीले ईपीएस मार्फत कोरिया जाने कामदारको हवाई भाडा घटेसँगै प्रति कामदार ७३ हजार रुपैयाँ सस्तो भएको बताए ।
विगतमा प्रति कामदारले एक लाख २१ हजार रुपैयाँ तिर्दै आएका थिए । तर, अहिले ट्रान्जिटमार्फत जान पाउने व्यवस्था गरेसँगै हवाई टिकट सस्तो भएको उनको भनाइ छ । यसअघि सिधा उडानमार्फत मात्रै नेपाली कामदार कोरिया जानुपर्ने बाध्यता थियो । कोरिया सरकारलाई सहमत गराएर ट्रान्जिटमार्फत जान पाउने व्यवस्था मिलाइएको महानिर्देशक खत्रीले बताए ।
कोरिया सरकारलाई सहमत गराएसँगै हाल प्रतिकामदार ४८ हजार ८६५ रुपैयाँमा टिकट पाउने व्यवस्था गराइएको उनको भनाइ छ । विभागले एचआरडी कोरियासँग कामदारले सकेसम्म आफैँ टिकट लिन पाउने व्यवस्था गर्न अनुरोध गरेको थियो । जसले गर्दा कामदारलाई टिकटक थप सस्तो हुने थियो । तर, कोरियाले समूहमा नै ल्याएर त्यही अनुसार काममा पठाउन सजिलो हुने बताएपछि ट्रान्जिट उडानका लागि टेन्डर आह्वान गरिएको उनको भनाइ छ । माघ ३ गतेदेखि कामदारहरूले उक्त मूल्यमा टिकट पाउन थालेका हुन् ।
कोरोना महामारीका बेला कोरियाले विदेशी कामदार ल्याउन रोक लगाएको थियो । त्यसपछि कोरोना महामारीको अन्त्य भएपछि पनि कोरियाले कोडिभको कारण देखाउँदै कामदार लैजान मानेको थिएन । पछि सिधा उडान मार्फत मात्रै कामदार लैजाने र निश्चित समय क्वारेनटाइनमा बस्नुपर्ने सर्त राखेको थियो । सोही सर्तका आधार कोरियन एयरलाइन्समार्फत नेपाली कामदारहरू महँगोमा टिकट काटेर जान बाध्य थिए ।
टिकट सस्तो भएसँगै एक वर्षमा एक अर्बभन्दा बढी रकम जोगिने उनको भनाइ छ । वर्षमा करिब १५ हजारको हाराहारीमा कामदार कोरिया जाने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण