नेदरल्याण्ड्सको सङ्ग्रहालयबाट चोरी भए सुनका कलाकृति

आम्स्टर्डम । नेदरल्याण्ड्सको एक सङ्ग्रहालयमा चोरीको घटना बाहिर आएको छ । रातारात चोरहरूले सुनबाट बनेका चार वटा प्राचीन कलाकृतिहरू चोरेर लगेका छन् । घटना शनिवार बिहान सबेरैको भएको बताइएको छ ।
चोरहरूले एसेनको ड्रेन्ट्स सङ्ग्रहालयमा प्रवेश गर्न विस्फोटक पदार्थ प्रयोग गरेका थिए । यस सङ्ग्रहालयमा सुन र चाँदीबाट बनेका रोमानियाली गहना प्रदर्शनीमा राखिएका थिए ।
चोरहरूले कोटोफेनेस्टीबाट तीन वटा डासियन सर्पिल ब्रेसलेट र आकर्षक ढंगले सजाइएको एउटा हेलमेट लगेका छन् । यो हेलमेट लगभग २ हजार ५०० वर्ष पुरानो थियो । प्रदर्शनीको आकर्षणको केन्द्र यही हेलमेट थियो । रोमानियाको संस्कृति मन्त्रालयले चोरी भएका वस्तुहरू प्राप्त गर्न हर सम्भव उपायहरू अपनाउने वाचा गरेको छ ।
रोमानियाले डच सङ्ग्रहालयलाई ती सामान उधारोमा प्रदर्शनीमा राख्न दिएको थियो । चोरीको घटनाबाट कर्मचारीहरू निकै स्तब्ध भएको ड्रेन्ट्स सङ्ग्रहालयका निर्देशक ह्यारी टुप्पेनले बताएका छन् । यसलाई उनले १७० वर्षको इतिहासमा सबैभन्दा ठुलो घटना भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनधिकृत संरचना हटाउँदै ललितपुर महानगर (तस्बिरहरू)
-
आइसक्रिममा माउसुली भेटिएपछि...
-
माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दा : परीक्षामा अख्तियार
-
रोनाल्डोको आँसु, यामलको सङ्घर्ष र मार्टिनेजको भविष्यसँग गाँसिएको नेसन्स लिग
-
बजेटमा सरकारले तल्लो वर्गलाई उपेक्षा गरेको छ : पूर्वअर्थमन्त्री पुन
-
सहरी विकास मन्त्रालयको बजेट वृद्धिप्रति शंका छ, कारण खोज्छौँ : नेता पुन