लिङ्देनले ‘बच्चा जन्माउन अमेरिका गएको’ भनेर मविरुद्ध अभिव्यक्ति दिएजस्तै अर्को गल्ती गरे : रेखा थापा
काठमाडौँ । अभिनेत्री तथा राप्रपाकी केन्द्रीय सदस्य रेखा थापाले अध्यक्ष राजेन्द्र लिङ्देनले विगतमा ‘बच्चा जन्माउन अमेरिका गएको’ भनेर आफूलक्षित अभिव्यक्ति दिएजस्तै अर्को गल्ती गरेको बताएकी छन् ।
पार्टीको जारी केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्ने क्रममा उनले महामन्त्री धवलशम्शेर राणालाई क्यान्सर भएको संवेदनशील समयमा संगठन विभाग प्रमुखबाट हटाएर लिङ्देनले अर्को गलत गरेको बताएकी हुन् ।
‘महामन्त्री धवलशम्शेर राणा बिरामी हुँदा पदबाट हटाउने जुन गलत काम भयो, त्यस्तै म बच्चालाई जन्म दिन अमेरिका जाने बेला जुन अभिव्यक्ति (अध्यक्ष राजेन्द्र लिङ्देनबाट) आयो त्यो दुखद थियो’, उनले भनिन्, ‘ तर मैले माइन्ड गरेको छैन ।’
गत वर्ष रेखा बच्चा जन्माउन अमेरिका गएको भन्दै लिङ्देनले उनको नामै नलिईकन टिप्पणी गरेका थिए । उनले भनेका थिए, ‘...एक जना चर्चित कलाकारले बेबी प्लान भनेर पोस्ट गर्नुभयो, प्लेन उडेको देखाएर अमेरिका भन्नुभयो । नानी जन्माउन अमेरिका । जीवनमा एउटा महिलाले पहिलोचोटि प्राप्त गर्ने सन्तान यो धर्तीमा जन्माउन चाहँदैन । ऊ नेपाली नहोस्, नेपाली नहुनुमा आफ्नो सन्तानको भविष्य देख्छ भने देश र राष्ट्रियताको अवस्था कहाँ छ ?’ त्यतिबेलै रेखाले लिङ्देनलाई पनि जवाफ फर्काएकी थिइन् । त्यतिबेला रेखाले लिङ्देनले पनि छोरी अमेरिका पठाएको भन्दै कटाक्ष गरेकी थिइन् ।
त्यतिबेलाको विषय कोट्याउँदै रेखाले अहिले जारी बैठकमा पनि लिङ्देनको व्यवहारप्रति प्रश्न उठाएको एक नेताको भनाइ छ ।
बैठकमा बोल्ने क्रममा थापाले महामन्त्री राणाले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनको समर्थन गर्दै भनिन्, ‘हिजो पार्टीले उपलब्धि हासिल गरे पनि अहिले समस्या र चुनौती खडा भएको सही कुरा महामन्त्रीको प्रतिवेदनमा छ, त्यसमा टेकेर पार्टीमा सुधार गर्नुपर्दछ ।’
राप्रपालाई वैकल्पिक शक्ति बनाउने भनिएपनि जनमत घट्दो क्रममा देखिएको भन्दै यसबारेमा पार्टीभित्र लेखाजोखा हुनुपर्ने धारणा समेत राखेको ती नेताको भनाइ छ । उनले पार्टीमा चाकडी र चाप्लुसी गरेर नेतृत्वलाई बिगार्ने काम कार्यकर्ताले बन्द गर्नुपर्ने समेत बताइन् । ‘नेतृत्वको सही कामलाई सही र गलत कामलाई गलत भन्नु सक्नु पर्दछ’, उनले भनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण