फरक हुन् सैफका आक्रमणकारी र समातिएका व्यक्ति ? मेल खाएन फिङ्गरप्रिन्ट
नयाँ दिल्ली । बलिउड अभिनेता सैफ अली खानमाथि आक्रमण भएको १० दिन भयो । जनवरी १६ को बिहान मुम्बईको बान्द्रास्थित निवासमा उनीमाथि चक्कु प्रहार गरिएको थियो ।
प्रहरीले यस घटनाको विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ । बंगलादेशी नागरिक भनिएका आक्रमणकारी शरिफूल शहजादलाई पक्राउ पनि गरिएको छ । तर, घटना भएको १० दिनपछि यस मुद्दामा नयाँ ट्विष्ट आएको छ । रिपोर्टका अनुसार, सीआईडीको अनुसन्धानमा अपराध स्थलबाट भेटिएका औँठाछापहरू कथित अभियुक्त शहजादको औँठाछापहरूसँग मेल खाएका छैनन् ।
१९ वटा औँठाछापहरू मध्ये कुनै पनि मिलेन
पक्राउ परेका अभियुक्तको औँठाछाप सैफ अली खानको बान्द्रास्थित घरबाट भेटिएको औँठाछापसँग मेल खाएन । प्रहरीले थप अनुसन्धानका लागि थप नमुनाहरू पठाउँदै छ । सैफ अली खान आक्रमण प्रकरणमा एक व्यक्ति पक्राउ परेपछि, मुम्बई प्रहरीले सीसीटीभी फुटेजमा देखिएका बंगलादेशी व्यक्तिलाई पहिचान गर्न फेशियल रिकग्निशन प्रयोग गर्ने बताएको थियो । पछिल्लो समय छापिएका समाचारहरूअनुसार कथित अभियुक्तका औँठाछाप सैफको घरबाट भेटिएका औँठाछापहरूसँग मेल खाएनन् ।
प्रहरी अनुसन्धानमाथि प्रश्न
स्रोतका अनुसार मुम्बई प्रहरीले औँठाछापहरू अनुसन्धानको लागि सीआईडीलाई पठाएको थियो । सीआईडीको रिपोर्ट स्तब्ध पार्ने खालको छ । पक्राउ परेका बंगलादेशी नागरिक शरीफुल इस्लाम शाहजादको औँठाछाप नमुनाको सीआईडीले नकारात्मक रिपोर्ट प्रस्तुत गरेको छ । प्रहरीले थप अनुसन्धानका लागि थप नमूना पठाएको बताइएको छ। यस्तो समयमा, आरोपी शहजादका बुबाले प्रहरीले मुद्दामा गलत व्यक्तिलाई पक्राउ गरेको दाबी गरेका थिए । सीआईडीको यो रिपोर्ट पछि प्रहरी अनुसन्धानमाथि प्रश्न उठेको छ ।
जनवरी १६ को बिहान बान्द्राको सतगुरु शरण भवनको १२ औँ तलामा रहेको अपार्टमेन्टमा सैफ अली खानमाथि चक्कु प्रहार भएको थियो । अभिनेतालाई धेरै ठाउँमा छुरा प्रहार गरिएको थियो । आक्रमणमा उनको घाँटी, हात र मेरुदण्डमा गम्भीर चोट लागेको थियो । आक्रमणपछि लीलावती अस्पतालमा उनको उपचार भएको थियो । केही घण्टाको शल्यक्रियाको क्रममा, डाक्टरहरूले उनको मेरुदण्डबाट एउटा धारिलो वस्तु पनि निकालेका थिए । सैफलाई जनवरी २१ मा अस्पतालबाट डिस्चार्ज गरिएको थियो । हाल उनको अवस्था सुधारोन्मुख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण