यसअघिको सरकारले मुलुकलाई अस्तव्यस्त बनाउने काम गर्योः सञ्चारमन्त्री
काठमाडौँ । सञ्चार एवं सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यसअघिको सरकारले मुलुकलाई अस्तव्यस्त बनाउने काम गरेको आरोप लगाएका छन् ।
आइतबार सिंहदरबारमा आयोजित हुलाक सेवाको पुनर्संरचना अनुसार एक स्थानीय तह एक हुलाक कार्यालय स्थापना घोषणा कार्यक्रममा मन्त्री गुरुङले यसअघिको सरकारका कारण हरेक क्षेत्रमा अस्तव्यस्त भएकाले वर्तमान सरकारले त्यसलाई सुधार गर्न खोजेको दाबी गरे ।
अत्यावश्यक क्षेत्रलाई छिटो भन्दा छिटो सुधार गर्नकै लागि सरकारले अध्यादेश ल्याउनुपरेको उनले बताए ।
मन्त्री गुरुङले क्रान्तिकारी काम गर्न खोज्दा सरकारबाट हटाइयो भन्ने तर्क गरेर जनतालाई ढाँट्ने काम नगर्न सुझाव समेत दिए । मन्त्री गुरुङले मुलुकको स्थायी सरकार कर्मचारीतन्त्र भएपनि यसमा नै सवैभन्दा बढि राजनीतिकरण भएकाले सरकारले सिस्टम बनाउन खोजेको बताए । सहकारी ठगी प्रक्रियामा संलग्न सबैलाई कारबाही गर्दै नियमन प्राधिकरण गठन गर्न सरकारले आवश्यक कानुन ल्याउन खोजेको उनले बताए ।
मन्त्री गुरुङले नेपालको हुलाक क्षेत्रलाई राज्यले सधैँ उपेक्षा गरेको भन्दै अव यसलाई आधुनिकीकरण गर्दै अघि बढाउने प्रतिबद्धता जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण