विद्यावारिधिको मापदण्ड पालना नगरेका भारतीय विश्वविद्यालयमा विद्यार्थी भर्ना गर्न रोक

काठमाडौँ । भारतीय विश्वविद्यालय अनुदान आयोगले केही भारतीय विश्वविद्यालयमा विद्यावारिधिका तहको भर्नामा रोक लगाएको छ । विद्यावारिधिको मापदण्ड पालना नगरेको भन्दै आयोगले विद्यावारिधि तहको भर्ना पाँच वर्षसम्मका लागि रोक लगाएको हो ।
आयोगले एक सूचना जारी गर्दै ओपीजेएस विश्वविद्यालय, चुरु, राजस्थान, इण्डिया, सनराईज विश्वविद्यालय, अलवार राजस्थान, सिंहानिया विश्वविद्यालय र राजस्थानहरूले विद्यावारिधि तहमा विद्यावारिधिको मापदण्ड पालना नगरेको भन्दै विद्यार्थी भर्नामा रोक लगाएको हो ।
आयोगले सन् २०२५ जनवरी ९ र १६ तारिखमा सूचना जारी गर्दै ओपीजेएस् विश्वविद्यालय, चुरु, राजस्थानबाट विगत तीन वर्षका शैक्षिक उपाधि छानबिन गरिरहेको र नयाँ भर्ना गर्न रो लगाएको जनाएको हो । त्यस्तै अन्य विश्वविद्यालयहरूले समेत विद्यावारिधि तहमा विद्यावारिधिको मापदण्ड पालना नगरेको भन्दै ती विश्वविद्यालयमा विद्यावारिधि तहको भर्ना पाँच वर्षको लागि रोक लगाएको हो ।
सोही आधारमा त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रले अर्को सूचना जारी नभएसम्मका लागि ती विश्वविद्यालयका समकक्षता स्थगन गरेको जनाएको छ ।
ती विश्वविद्यालयबाट विद्यावारिधि उपाधि लिएकाको हकमा भारतीय विश्वविद्यालय अनुदान आयोगको स्वीकृति नभएका विद्यावारिधि उपाधिको समकक्षता अर्को सूचना जारी नभएसम्म स्थगन गर्ने निर्णय गरिएको केन्द्रका कार्यकारी निर्देशक प्राडा पारमनाथ यादवले जानकारी दिए ।
भारतीय विश्वविद्यालय अनुदान आयोगले मान्यता दिएका उपाधिको हकमा मात्रै समकक्षता दिइने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
९० को दशकसम्म नेतृत्व नछाड्ने ओली र प्रचण्डको सङ्केत
-
मेस्सी र स्वारेजको गोलसँगै इन्टर मियामीको सजिलो जित
-
गीतकार अधिकारी 'इसा अन्तर्राष्ट्रिय अवार्ड'को टप २० मा छनौट
-
कुमा सागरले सकाए अस्ट्रेलिया टुर
-
काठमाडौँ वर्ल्ड स्कुल परीक्षा केन्द्रबाट कक्षा १२ को प्रश्न पत्र आउट भएपछि अनुसन्धान
-
‘जार’ करियरको ठुलो उपलब्धि – अभिनेता शाही