विद्यावारिधिको मापदण्ड पालना नगरेका भारतीय विश्वविद्यालयमा विद्यार्थी भर्ना गर्न रोक
काठमाडौँ । भारतीय विश्वविद्यालय अनुदान आयोगले केही भारतीय विश्वविद्यालयमा विद्यावारिधिका तहको भर्नामा रोक लगाएको छ । विद्यावारिधिको मापदण्ड पालना नगरेको भन्दै आयोगले विद्यावारिधि तहको भर्ना पाँच वर्षसम्मका लागि रोक लगाएको हो ।
आयोगले एक सूचना जारी गर्दै ओपीजेएस विश्वविद्यालय, चुरु, राजस्थान, इण्डिया, सनराईज विश्वविद्यालय, अलवार राजस्थान, सिंहानिया विश्वविद्यालय र राजस्थानहरूले विद्यावारिधि तहमा विद्यावारिधिको मापदण्ड पालना नगरेको भन्दै विद्यार्थी भर्नामा रोक लगाएको हो ।
आयोगले सन् २०२५ जनवरी ९ र १६ तारिखमा सूचना जारी गर्दै ओपीजेएस् विश्वविद्यालय, चुरु, राजस्थानबाट विगत तीन वर्षका शैक्षिक उपाधि छानबिन गरिरहेको र नयाँ भर्ना गर्न रो लगाएको जनाएको हो । त्यस्तै अन्य विश्वविद्यालयहरूले समेत विद्यावारिधि तहमा विद्यावारिधिको मापदण्ड पालना नगरेको भन्दै ती विश्वविद्यालयमा विद्यावारिधि तहको भर्ना पाँच वर्षको लागि रोक लगाएको हो ।
सोही आधारमा त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रले अर्को सूचना जारी नभएसम्मका लागि ती विश्वविद्यालयका समकक्षता स्थगन गरेको जनाएको छ ।
ती विश्वविद्यालयबाट विद्यावारिधि उपाधि लिएकाको हकमा भारतीय विश्वविद्यालय अनुदान आयोगको स्वीकृति नभएका विद्यावारिधि उपाधिको समकक्षता अर्को सूचना जारी नभएसम्म स्थगन गर्ने निर्णय गरिएको केन्द्रका कार्यकारी निर्देशक प्राडा पारमनाथ यादवले जानकारी दिए ।
भारतीय विश्वविद्यालय अनुदान आयोगले मान्यता दिएका उपाधिको हकमा मात्रै समकक्षता दिइने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण