सीके राउतले सुरु गरे ‘यु ट्वान्टी फोर’ अभियान
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले संगठनमा विभिन्न नामले अभियान चलाउँदै आएका छन् । उनले दिने अभियानको नाम युनिक हुन्छ । उनले यसपटक पनि नयाँ नाम दिएर संगठनका लागि अभियान सुरु गरेका छन् । अभियानको नाम हो यु ट्वाइन्टी फोरम अर्थात अपडेट २४ घण्टा ।
यो अभियान डेढ महिना सञ्चालन हुने जनमत पार्टी नेपालका एक जना केन्द्रीय सदस्यले बताए । आइतबार जनमत पार्टीको केन्द्रीय समितिको भर्चुअल बैठक बसेको थियो । बैठकले यो अभियान सञ्चालन गर्ने निर्णय गरेको ती नेताले बताए ।
यो अभियानले संगठनमा को–को छन्, कहाँ–कहाँ छन् र कुन अवस्थामा छन् सबैको अद्यावधिक गर्नेछ । वडा तहदेखि केन्द्रसम्म अद्यावधिक गर्ने बताइएको छ । ती नेताले भने, ‘धेरैले जनमत पार्टी हुँ भन्छन् । तर ती व्यक्ति कहाँ छन्, कहाँको सदस्यता लिएका छन् खोजनीति हुन्छ । कतिपय व्यक्ति सदस्यता लिएर पनि निष्क्रिय छन्, त्यसको बारेमा पनि खोजनीति हुन्छ, कोही पार्टीमा निकै सक्रिय छन् । तर ती जहिले पनि पछाडिका पछाडि नै छन् भने त्यसको बारेमा पार्टीले अध्ययन गर्छ ।’
अभियानका क्रममा संगठनको सम्पूर्ण गतिविधि र सदस्यको बारेमा अध्ययन गरिने जनमत पार्टीले जनाएको छ । त्यसका लागि पर्यवेक्षक खटाउने बताइएको छ ।
फागुन २५ र २६ गतेका लागि भौतिक रूपमा केन्द्रीय समितिको बैठक बोलाएको छ । सो बैठकसम्म अभियान सञ्चालन हुनेछ । अभियानको बारेमा बैठकमा समिक्षा हुने पार्टीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण