जनताले विश्वास गरे ०८४ मा बहुमत ल्याउँछौँ : विप्लव
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेपाली जनताले विश्वास गरे आफ्नो पार्टीले बहुमत वा दुई तिहाइ सिट ल्याउने बताएका छन् । आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै चन्दले ०८४ को निर्वाचनमा समाजवादी अभियानको निम्ति नेकपालाई जिताउन अपिल गरेका हुन् ।
नेकपालाई ०८४ को निर्वाचनमा जिताए राष्ट्रिय स्वाधीनताका लागि काम गर्ने उनको भनाई थियो । उनले नेपाली जनतालाई संसदीय चुनावबाट समाजवादको यात्रामा लैजाने आफूहरूको चाहना रहेको बताए ।
देशलाई स्वाधीन बनाउने एजेन्डा र नेपाली जनतालाई माथि उठाउने उद्देश्यसहित निर्वाचनमा जान लागेको उनले स्पष्ट पारे । महासचिव चन्दले एकपटक नेकपालाई विश्वास गरेको खण्डमा आजको व्यवसाय, उत्पादन वृद्धिका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले भने, ‘हाम्रो पार्टीले के निर्णय गरेको छ भने एक पटक ०८४ लाई समाजवादी अभियानको निम्ति प्रयोग गर्ने, राष्ट्रिय स्वाधीनताका लागि प्रयोग गर्ने, संसदीय चुनाव हो हामीलाई थाहा छ । मान्छेले भनेका छन् हामीलाई तपाईँहरू घुम्दै फिर्दै त्यहीँ आउनुभयो नि त । हो यो चुनाव हो । हाम्रो अपिल छ नेपाली जनतालाई संसदीय चुनावबाट समाजवादको यात्रा लड्ने हाम्रो चाहना छ । देशलाई स्वाधीन बनाउने एजेन्डासहित नेपाली जनतालाई माथि उठाउने उद्देश्यसहित एकैचोटी जाने विचार छ । यदि नेपाली जनताले हामीलाई विश्वास गर्नुभयो भने ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण