माओवादीद्वारा कर्णाली प्रदेशसभा अवरुद्ध
सुर्खेत । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले कर्णाली प्रदेशसभा अवरुद्ध गरेको छ । माओवादी संसदीय दलका नेता राजकुमार शर्मा मुख्यमन्त्री भएका बेला ल्याएको वार्षिक १० हजारलाई रोजगारी दिने ‘कर्णाली समृद्धि परियोजना’ अलपत्र पारेको भन्दै संसद् अवरोध गरेको हो ।
बैठक सुरु भए लगत्तै दल नेता शर्माले बोल्दै भने– ‘कर्णालीका नागरिकलाई रोजगारी दिने, गरिबी निवारणका लागि हामीले उक्त परियोजना यही संसदबाट पारित गरेका हौँ । तर अहिलेको सरकारले लात हान्दै कार्यक्रम रोक्यो ।’
सरकारले मनपरी गरेर कर्णालीका नागरिकमाथि अन्याय गरिरहेको र उक्त कार्यक्रम अगाडि नबढाएसम्म संसद् चल्न नदिने उनले बताए । प्रदेश सरकार कर्णालीको गरिबी निवारण गर्न अग्रसर नभएको भन्दै उक्त कार्यक्रम अगाडि बढाइनुपर्ने, त्यसो नगरे संसद् अवरोध कायम रहने शर्माले बताए ।
उक्त कार्यक्रम कार्यान्वयन गर्नेबारे मुख्यमन्त्री यामलाल कँडेलले सम्झौता समेत गरेका थिए । तत्कालीन अवस्थामा एमाले–माओवादी गठबन्धन हुँदा कँडेलले कार्यक्रमलाई अगाडि बढाउने सहमति गरेका थिए ।
यद्यपि लगत्तै गठबन्धन परिवर्तन भएर माओवादी प्रतिपक्षमा पुगेपछि कार्यक्रम कार्यान्वयनमा कँडेलले बेवास्ता गरेका थिए । प्रतिपक्ष सभा सञ्चालनका लागि तयार नभएपछि उपसभामुख यशोदा न्यौपानेले आधा घण्टाका लागि बैठक स्थगित गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण