बिचार र मुद्दा मिल्ने दल तथा शक्तिहरूसँग सहकार्यसँगै एकीकरण गर्न सकिन्छ : मन्त्री यादव
वीरगन्ज । जनता समाजवादीका उप–महासचिव एवम् संघीय खानेपानीमन्त्री प्रदीप यादवले बिचार र मुद्दा मिल्ने समूह, दल, वा शक्तिहरूसँग सहकार्य तथा एकीकरण गर्न सकिने बताएका छन् ।
पर्सामा जारी पार्टीको केन्द्रीय समितिको बैठकलाई आइतबार सम्बोधन गर्दै मन्त्री यादवले यस्तो बताएका हुन् ।
‘हामी देश र पिछडिएका जनताको पक्षमा वकालत गर्न तथा देश विकासका लागि राजनीतिमा होमिएका छौँ । बिचार, मुद्दा मिल्ने समूह, दल, शक्तिहरूसँग सहकार्य तथा एकीकरण गर्न सक्छौँ’, मन्त्री यादवको भनाई छ ।
मन्त्री यादवले आम नागरिकलाई सर्वोपरि ठानेर मधेसका मुद्दा एवम् देशभरिका नागरिकका समस्या समाधानका लागि जनता समाजवादी पार्टी (जसपा) ले उल्लेख्य भूमिका निर्वाह गरिरहेको पनि बताए ।
‘हाम्रा लागि जनता सर्वोपरि हुन् । जनताको विकास र जिवन स्तर उकास्न हामी कहिले पछि पर्ने छैनौँ’, यादवको भनाइ छ ।
उनले जसपा समेत सहभागी वर्तमान सरकारले लोकप्रिय, जनमुखी र परिणामदायी काम गरेको दाबी समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण