मन्त्री पनि बन्ने समय पनि नदिने भन्दै देउवाले खड्कालाई जवाफ दिएपछि...
काठमाडौँ । सत्तामा रहेको दल नेपाली कांग्रेस संसदीय दलको बैठकमा सभापति शेरबहादुर देउवा र ऊर्जामन्त्री दीपक खड्काबिच सामान्य सवाल–जवाफ भएको छ ।
संघीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा आइतबार बसेको दलको बैठकमा आफूले बोलेर हिँड्ने भन्दै मन्त्री खड्काले समय मागेपछि देउवाले जवाफ दिएका थिए ।
बैठकमा सहभागी एक सांसदका अनुसार मन्त्री खड्काले आफू सोमबार बैठकमा आउन नभ्याउने भन्दै आइतबार नै बोल्ने समय मागेका थिए ।
‘मेरो भोलि काम छ, आज बोल्छु भन्दै ऊर्जा मन्त्रीले भन्नुभयो‚’ ती सांसदले भने ।
जवाफमा सभापति तथा दलका नेता देउवाले मन्त्री पनि बन्ने अनि समय पनि नदिने भन्दै जवाफ फर्काएका थिए ।
‘सभापति देउवाले हाँस्दै मन्त्री पनि बन्ने समय पनि नदिने भन्दै भोलि सबै जना समयमा उपस्थित हुनु भनेर निर्देशन दिनुभयो‚’ ती सांसदले भने ।
आइतबारदेखि सुरु भएको कांग्रेस संसदीय दलको बैठक सोमबार दिउँसो १ बजे पुनः बस्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
२०२७ को एसेज शृङ्खलाका कुनै पनि टेस्ट उत्तरी इङ्गल्यान्डमा नहुने
-
ट्रम्पद्वारा दर्जनौँ देशमाथि नयाँ दोहोरो अंकको भन्सार शुल्क लागू गर्ने घोषणा
-
के पछि पनि हुन सक्छ डेंगु ?
-
इरान युद्ध: मध्यपूर्वमा तनाव झनै चर्किँदै
-
खराब कोलेस्ट्रोल घटाउन खानुस् यी ७ थरी बियाँ
-
तरकारी तथा फलफूलमा विषादी परीक्षण: विषाक्त भेटिएमा के हुन्छ कारबाही ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण