मन्त्री पनि बन्ने समय पनि नदिने भन्दै देउवाले खड्कालाई जवाफ दिएपछि...

काठमाडौँ । सत्तामा रहेको दल नेपाली कांग्रेस संसदीय दलको बैठकमा सभापति शेरबहादुर देउवा र ऊर्जामन्त्री दीपक खड्काबिच सामान्य सवाल–जवाफ भएको छ ।
संघीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा आइतबार बसेको दलको बैठकमा आफूले बोलेर हिँड्ने भन्दै मन्त्री खड्काले समय मागेपछि देउवाले जवाफ दिएका थिए ।
बैठकमा सहभागी एक सांसदका अनुसार मन्त्री खड्काले आफू सोमबार बैठकमा आउन नभ्याउने भन्दै आइतबार नै बोल्ने समय मागेका थिए ।
‘मेरो भोलि काम छ, आज बोल्छु भन्दै ऊर्जा मन्त्रीले भन्नुभयो‚’ ती सांसदले भने ।
जवाफमा सभापति तथा दलका नेता देउवाले मन्त्री पनि बन्ने अनि समय पनि नदिने भन्दै जवाफ फर्काएका थिए ।
‘सभापति देउवाले हाँस्दै मन्त्री पनि बन्ने समय पनि नदिने भन्दै भोलि सबै जना समयमा उपस्थित हुनु भनेर निर्देशन दिनुभयो‚’ ती सांसदले भने ।
आइतबारदेखि सुरु भएको कांग्रेस संसदीय दलको बैठक सोमबार दिउँसो १ बजे पुनः बस्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
तत्काल बक्यौता असुल गर्न नवनियुक्त शाक्यलाई ऊर्जामन्त्रीको निर्देशन
-
राजा फर्काउने आन्दोलनमा सहयोग ‘लिने र दिने’ नीतिमा राप्रपा
-
‘देखिने गरी’ नै काम गर्यो सरकारले
-
कुलमानको पक्षमा अखिल क्रान्तिकारीले काठमाडौँमा निकाल्यो राँके जुलुस
-
फिल्म प्रचार गर्ने अनौठो शैलीः रातो सारी लगाएर सडकमा अभिनेता लखरलखर
-
लुम्बिनी विकास कोषको विद्युतीय गाडीको नम्बर प्लेट हरियो बनाउन उच्च अदालत बुटवलको परमादेश