प्रचण्ड सरकारमा रवि र ओलीजी हुँदा अहिलेकै अध्यादेशको तयारी भएको थियो : महामन्त्री थापा
काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठकमा महामन्त्री गगनकुमार थापाले सरकारले ल्याएको अध्यादेशको सम्बन्धमा प्रष्टाएका छन् । पार्टीको आइतबार बसेको बैठकमा बोल्दै महामन्त्री थापाले सरकारले तुरुन्त काम गर्नुपर्ने भएकाले अध्यादेश ल्याएको बताएका थिए ।
‘विधेयकको हाउसबाट ल्याउन खोजेको हो तर‚ तुरुन्त काम गर्छु भन्दा काम गर्न पाउँछ र अध्यादेश ल्याउन पनि पाउँछ भनेर उहाँले भन्नुभयो‚’ बैठकमा सहभागी एक सांसदले भने ।
ती सांसदका अनुसार यसअघि माओवादी नेतृत्वमा एमाले र रास्वपा सरकार हुँदा यो अध्यादेश ल्याउने तयारी भएको बैठकमा ब्रिफिङ गरेका छन् ।
‘अहिले सरकार ढल्यो तर ओली‚ प्रचण्ड‚ रवि सँगै सरकारमा हुँदा यो अध्यादेश ल्याउने तयारी भएको थियो भनेर भन्नुभयो‚’ एक सांसदले भने ।
बैठकमा महामन्त्री थापाले अघिल्ला सरकारहरूले अध्यादेश ल्याउँदा सबैमा कांग्रेसले विरोध नगरेको पनि स्पष्ट पारेका थिए ।
‘यसभन्दा अघि अध्यादेश आउँदा हामीले विरोध गरेनौँ । वा प्रवाहको विषयमा यसभन्दा अघिको सरकारले पनि अध्यादेश ल्याउँदा हामीले विरोध गरेका थिएनौँ‚’ उनले बैठकमा भनेका थिए ।
महामन्त्री थापाले समितिमा विधेयकहरू होल्ड भएर बसेकोमा पनि असन्तुष्टि पोखेका थिए । यसका लागि समय सीमा तोक्ने गरी नियमावली संशोधनको तयारी भइरहेको उनको भनाइ थियो ।
यस्तै थापाले सबै दलहरूसँग सरसल्लाह गरेर तथा छलफल गरेर मात्र संविधान संशोधनको दिशामा सरकार अघि बढ्ने तयारीमा रहेको ब्रिफिङ गरेको पनि बैठकमा सहभागी अर्का सांसदले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण