भारतीय दूतावासले मनायो ७६ औँ गणतन्त्र दिवस
काठमाडौँ । नेपालस्थित भारतीय दूतावासले आइतबार ७६औँ गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । दूतावासको इण्डिया हाउसमा आयोजना गरिएको कार्यक्रमको प्रमुख अतिथि उपराष्ट्रपति रामसहाय यादव थिए ।
समारोहमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, लोसपाका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष डा.सीके राउत, राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोलगायत विभिन्न दलका शीर्ष नेता, नेपाल सरकारका मन्त्री र सांसदलगायतको उपस्थिति थियो ।
कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतीय सैनिक बलका मृतक परिवारहरूलाई पाँच करोड रुपैयाँ बराबरको रकम वितरण गरेका थिए । त्यस्तै अन्य मृतक सैनिक परिवारका सदस्यलाई पनि २३.२९ करोड रुपैयाँ वितरण गरिएको थियो ।
दूतावासले नेपालका ६ प्रदेशका २९ शैक्षिक संस्थाहरूलाई २३.५ लाख बराबरका पुस्तक प्रदान गरेको छ । यो पुस्तक दुर्गम क्षेत्रका विद्यार्थीहरूको विशेष आवश्यकतालाई मध्यनजर गर्दै वितरण गरिएको हो ।
२०२४ को ११ नोभेम्बरदेखि ११ डिसेम्बरसम्म आयोजित भारतलाई चिनौँ क्विजमा सहभागीहरूलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो । क्विज विजेतामध्ये नेपालका निखिल कुमार दास पनि थिए । जसलाई सम्मान पनि गरिएको थियो ।
कार्यक्रममा विगतका वर्षहरूमा नेपाल–भारत सम्बन्धमा भएको प्रगतिको विवरण दिने भिडियो बजाइएको थियो । समारोहमा दूतावासको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र काठमाडौँको केन्द्रीय विद्यालयका विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति देखाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत नै संसद्लाई समावेशी बनाउनेबारे बहस गरौँ : गगन थापा
-
संविधान संशोधनमा सुशासन, सङ्घीयता र समावेशी प्रतिनिधित्व कांग्रेसको प्राथमिकता : गगन थापा
-
टेकुमा गोली चल्यो, एक जना घाइते
-
नेपालबिना भारत विश्वगुरु बन्न सक्दैन : राजकिशोर यादव
-
ऐन बनाएर हरवा चरवा समुदायको समस्या समाधान गर्छाैँ : मन्त्री पटेल
-
फाइनल अघि मेस्सीको एउटा पोस्टले प्रशंसकमा कौतुहलता, सन्न्यास लिन लागेका हुन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण